Comments Add Comment

बम बिस्फोटको हल्ला फैलाउने शिक्षक पक्राउ

१४ असोज, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा बम विस्फोटको हल्ला फैलाएर मानिसहरूलार्इ आतंकित पार्ने एक व्यक्तिलार्इ प्रहरीले पक्राउ गरेको छ ।

policeपक्राउ पर्नेमा मोरङ केराबारीको केयू एकेडेमीमा कार्यरत बिजय बिराट भन्ने बिजय अधिकारी छन् ।

उनले फेसबुकमा मार्फत “भर्खर नाकामा बम बिस्फोट हुँदा ४७ जनाको मृत्यु, ५२ जना घाईते बांकी बिवरण आउन …” भनि पोष्ट गरेका थिए ।

सामाजिक सद्भावमा खलल् पुग्ने सन्देश पोष्ट गरेको भन्दै नेपाल प्रहरीको हाम्रो प्रहरी एपमा उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले खोजी सुरू गरेको थियो ।

महाशाखाले अनुसन्धान गर्दामा फेसबुक प्रोफाईलमा बिजय बिराट भन्ने ब्यक्तिले उक्त भ्रामक सन्देश लेखी पोष्ट गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको र बिजय बिराट भन्ने बिजय ईलाका प्रहरी कार्यालय केरावारी मोरङबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment