Comments Add Comment

अपांगता भएकी बालिकाले घरबाटै दिइन् एसईई

१० चैत, कैलाली । बैतडीको देहीमाण्डौंकी एक छात्राले घरबाटै एसईई परीक्षा दिन थालेकी छिन् ।

अपांगता भएका कारण केन्द्रसम्म पुग्न नसक्ने भएकाले करिश्मा बोहराका लागि घरबाटै एसईई परीक्षा दिने व्यवस्था मिलाइएको हो । करिश्माको मणिलेक मावि गुरुखोलामा केन्द्र भएको भए पनि उनी जान नसक्ने भएपछि घरबाटै परीक्षा दिने व्यवस्था मिलाइएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए ।

उनले करिश्माको परीक्षाको लागि एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरिएको बताए ।

आफूले घरमै पढ्न पाएको र घरबाटै परीक्षा दिन पाउँदा खुसी लागेको करिश्माले बताइन् । देहीमाण्डौंका पूर्णबहादुर बोहरा र देवकी बोहराका चार सन्तानमध्ये दुई छोरी र एक छोरा अपांगता भएका छन् ।

छोरीहरु ठूली भइसकेकाले बोकेर विद्यालय लैजान नसक्दा घरमै राख्नुपर्ने अवस्था रहेको थियो । यो बर्षदेखि शिक्षा विकास तथा समन्वय इकाइ, दशरथचन्द नगरपालिका र दशरथचन्द नगरपालिका वडा नं २ को कार्यालयको सहयोगमा घरमै शिक्षकको व्यवस्था गरेर उनीहरुको पठनपाठनमा हुँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment