Comments Add Comment

‘हामी उठ्ने छौं’ भन्दै नेपालका चर्चित कलाकाकर हङकङमा

karishma-hong-kong

काठमाडौं । भुकम्प पीडित नेपालीको सहयोगका लागि हङकङमा भब्य कार्यक्रम सम्पन्न भएको छ । बिहीवार साँझ हङकङको यङलङ थिएटरमा आयोजित ‘हामी उठने छौं’ कार्यक्रममा नेपाली कलाकारको भब्य जमघट थियो ।

नेपाली कलाकारको गीत, संगीत, नृत्य, प्रहसन र नाटक हेरेर हङकङमा बस्ने कलाकारहरुले भरपुर मनोरञ्जन लिए । कार्यक्रममा करिश्मा मानन्धर, राजेश हमाल र सरोज खानालले विषेश प्रस्तुति दिएका थिए ।

लामो समयपछि करिश्मा मानन्धर र सरोज खनाललाई एउटै मञ्चमा देख्दा दर्शक निकै खुसी भए । उनीहरुले प्रस्तुत गरेको गीति नाटकलाई दर्शकले निकै मन पराए । गीति नाटकमा करिश्मा र सरोजको अभिनय बेजोड थियो ।

भुषण दाहालले स्टेजवाटै कार्यक्रम फायरसाईड चलाएका थिए । उनको कार्यक्रममो अथिती थिए राजेश हमाल । राजेश हमाल र शुष्मा कार्कीको नृत्य प्रस्तुतिले पनि धेरै दर्शकलाई मनोरञ्जन दिएको थियो ।

हङकङमा पनि शिबजीकै खोजी

तीजको अवसरका युरोप भ्रमण गरेर आएकी कोमल वलिले हङकङ शिवजीकै प्रसंग निकालेपछि तीजको ह्याङओभर अझै बाँकी छ की भन्ने अनुमान गरे दर्शकले ।

उनको गीतमा ताली ठोक्दै समर्थन गरेका दर्शकले वेला वेलामा प्रश्न समेत गरेका थिए । ‘खै त यसपाली पनि शिवजी भेटिदैन कि क्या हो ?’

हङकङ बस्ने शिबहरुलाई प्रेम गर्न चुनौति दिंदै उनले गाउँदा गाउँदै नामै तोकेर तुलसी गुरुङलाई स्टेजमा बोलाइन् । हङकङका महावाणिज्यदुत महेष मास्केले पनि कोमलको निम्तो पाएपछि स्टेजमा पुगे र कम्मर मर्काएर नाच्न थाले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment