Comments Add Comment

बैदेशिक हस्तक्षेपमा मान्दैनौ भन्दै कलाकर्मी सडकमा उत्रदै

bhuwan-kc
भारतले गरेको अघोषित नाकाबन्दी बिरुद्ध आज दिउँसो कलाकार, साहित्यकारले शान्तिवाटिकामा प्रदर्शन गर्ने भएका छन् ।

‘पारबहन सुविधा हाम्रो हक हो, वैदेशिक हस्तक्षेप मान्दैनौं र सहमति सद्भाव सहित राष्ट्रिय एकता कायम गरौं’ भन्ने नारा सहित कलाकर्मीले प्रस्तुत गर्न लागेको कार्यक्रममा साहित्यकार एवं विभिन्न राजनीतिक दलका युवा पुस्ताको नेताहरु समेत सहभागी हुने भएका छन् ।

‘भारतको हेपाहा प्रवृत्ति बिरुद्ध हाम्रो अभियानको सुरुवात हो ।’ कलाकार संघका अध्यक्ष नवल खड्काले भने ।

कार्यक्रममा रामेश, रायन, रामकृष्ण दुवाल, ब्याकुल माईला, मनोज गजुरेल, दिपकराज गिरी, भुवन केसी लगायतका कालाकार एवं साहित्यकार उपस्थित हुनेछन् ।

त्यस्तै शम्भु राई, रेश्मा सुनुवार, सत्यकला राई, टिका भण्डारी, किरण केसी, प्रमोद खरेल लगायत अन्य प्रतिष्ठित कलाकार सहभागी हुने कलाकार संघका अध्यक्ष नवल खड्काले बताए ।

कार्यक्रममा एमाले नेतृ रामकुमारी झाँक्री, कांग्रेस नेता गुरु घिमिरे लगायत अन्य विद्यार्थी संगठनका पूर्व नेताहरुको उपस्थिती हुनेछ । सहभागीहरुले शान्तिवाटिकावाट राष्ट्रिय गीत गाउँदै मौन जुलुश निकाल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment