Comments Add Comment

बाबु बोगटीको जीवनमा आगमनको आगमन

babu-with-song
नायक बाबु बोगटीले आफ्नो पारिवारिक जीवनलाई मिडियासँग धेरै हदसम्म लुकाएको देखिन्छ । फुलु मिजारसँग बिहे गर्दा पनि बाबुले यो कुरा लामो समयसम्म लुकाएका थिए । पछि, यो घटना मिडियामा सार्वजनिक भएपछि मात्र उनी बोलेका थिए । अहिले पनि बाबुले आफू पिता बनेको कुरालाई करिब १५ दिनसम्म लुकाएका छन् ।

गायक तथा नायक बोगटी सेप्टेम्बर १६ मा बाबु बनेका हुन् । उनको जीवनमा आगमनको आगमन भएको छ । तीजकै दिनमा बिहे बन्धनमा बाँधिएका बोगटीको घरमा तीजकै दिनमा पुत्रलाभ भएको हो । बोगटीकी पत्नी फुलु अहिले अमेरिकामा छिन् । उनले छोरालाई अमेरिकामा नै जन्म दिएकी हुन् । बाबुले छोराको नाम आगमन बोगटी राखेका छन् ।

आगमन जन्मदा ३.५ केजीका थिए । बाबुले फेसबुकमार्फत छोरा जन्मिएको खुशी साटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment