Comments Add Comment

तेल अभावले खाद्यन्न ढुवानी प्रभावित, कालोबजारी बढ्ने चेतावनी

Truck

१५ असोज, काठमाडौं । खाद्यन्नसहित आतिआवश्यकीय बस्तुका थोक ब्यवसायीले आफ्ना मालसामन ढुवानी गर्ने गाडीलाई तेल दिन माग गरेका छन् ।

आफुसँग भएको मौज्दात सामान पनि खुद्रा ब्यापारीसम्म पुर्‍याउन नसकेको भन्दै उनीहरुले रातो नम्बर प्लेटका खाद्यन्न ढुवानी गर्ने सवारीलाई पनि पेट्रोलियम पदार्थ दिन माग गरेका हुन् ।

‘बजारमा विभिन्न समानहरुको स्टक घट्दै गएको बेलामा ढुवानी नै प्रभावित भएको छ’ नेपाल खुद्रा ब्यापार संघका उपाध्यक्ष रामकृष्ण मानन्धरले भने-‘अधिकांश थोक ब्यापारीको ढुवानी गर्ने गाडी रातो प्लेटमै छन् । तेल नभएर ति गाडी थन्किएकाले  खुद्रा पसलमा समान पुग्नै छाडेको छ ।’

उनले ढुवानी रोकिँदा बजारमा अभावको हल्ला चर्किएको र मूल्यवृद्धि पनि हुने देखिएको बताए । ‘खाद्यन्न बोक्ने निजी नै सवारी भएपनि तेल दिनुपर्छ । बजारमा असहज अवस्था भएको समयमा यस्ता गाडीलाई रोक्दा झन बढी समस्या देखिन सक्छ’ उनले भने, ‘किन्नेले  भण्डारबाट आफ्नो पसलसम्म लैजान नसक्ने र बेच्ने थोक बिक्रेताले पुर्‍याउन पनि नसक्ने भएपछि बजारमा मूल्यबृद्धि सुरु भएको छ ।’

ब्यापरीको ढुवानी लागत बढेका मूल्यबृद्धि चर्किने अवस्थामा पुगेको हो । उपाध्यक्ष मानन्धरले समस्याका विषयमा बाणिज्य विभागमा पनि जानकारी गराएको बताए । अहिलेसम्म खानेतेलको समान्य अभाव भएपनि अन्य खाद्यबस्तुमा ठूलो अभाव नभएको मानन्धरको भनाइ छ ।

सार्वजनिक गाडीमै ढुवानी गर्न सरकारको आग्रह

गृह मन्त्रालयले भने खाद्यन्नको ढुवानीमा कालो नम्बर प्लेटका साना ट्रकहरुलाई प्रयोग गर्न अनुरोध गरेको छ । अत्यावश्यकीय सामग्री ढुवानी गर्ने सार्वजनिक सवारीलाई तेल दिइएको भन्दै मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले असहज स्थितिलाई बुझेर आवश्यक व्यवस्था गर्न ब्यवसायीलाई आग्रह गरे ।

‘निजी नम्बर प्लेटका कुन गाडी खाद्यन्न ढुवानीमा प्रयोग भएका छन् भनेर छुट्याउने आधार नदेखिएकाले समस्या भएको हो,’ ढकालले भने-‘अति आवश्यक बस्तुको ढुवानीमा प्रयोग हुने सार्वजनिक ट्रक तथा गाडी रोकिएका छैनन् । त्यसैलाई प्रयोग गर्न हामी आग्रह गर्छौं ।’

भारतको अघोषित नाकन्दीले अभाव भएपछि सरकारले बिहीबारदेखि निजी सवारीलाई तेल दिन बन्द गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment