Comments Add Comment

भारतीय हस्तक्षेपविरुद्ध हजारौं युवा सडकमा उत्रिए (फोटो फिचर)

Nepali youth protest against Indian interface (10)

१५ असोज, काठमाडौं । नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेपको विरोध गर्दै हजारौं युवाहरुले शुक्रबार राजधानीमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा हातमा राष्ट्रिय झण्डा बोकेर सहभागी भएका थिए । सहभागीहरुले ‘पारवहन सुविधा हाम्रो हक हो, वैदेशिक हस्तक्षेप मान्दैनौं’ लेखिएको प्ले कार्ड बोकेका थिए ।

प्रगतिवादी चर्चित गायक रामेश, रायन र विद्यार्थी नेताहरुको समेत सहभागिता रहेको प्रदर्शनमा हजारौं युवाहरु सहभागी थिए । उनीहरुले भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोधमा नाराबाजी गरेका छन् ।

पूर्वविद्यार्थी नेता र कलाकारहरुको ‘राष्ट्रिय स्वाधीनता अभियान’ को आहृवानमा भएको प्रदर्शन जीवन शर्माले ‘मधेसी, पहाडी, हिमाली हामी सबै नेपाली’ बोलको गीत गाएर सुरु गरेका थिए ।

प्रदर्शन पुरानो बसपार्क, भद्रकाली, सुन्धारा, न्यूरोड गेट हुँदै फेरि शान्तिबाटिकामा नै पुगेर सभामा परिणत भएको थियो । सभामा रामेश, रायन, कुन्ती मोक्तान, शम्भु राई राष्ट्रिय भावनाले ओतप्रोत गीतहरु गाएका थिए ।

Nepali youth protest against Indian interface (8)

Nepali youth protest against Indian interface (4)

Nepali youth protest against Indian interface (5)

Nepali youth protest against Indian interface (6)

Nepali youth protest against Indian interface (7)  Nepali youth protest against Indian interface (9)

Nepali youth protest against Indian interface (11) Nepali youth protest against Indian interface (12) Nepali youth protest against Indian interface (13) Nepali youth protest against Indian interface (15) Nepali youth protest against Indian interface (16) Nepali youth protest against Indian interface (17) Nepali youth protest against Indian interface (18) Nepali youth protest against Indian interface (19)

Nepali youth protest against Indian interface (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment