+
+

ज्योति मगरले दुबईमा सुनाइन् उही मुलाको सिन्की ….

युएई । युएईमा भएको ‘फिष्टेल कन्सर्ट २’ मा नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुती दिएका छन् । चन्ऽ सूर्य अंकित राष्ट्रिय झण्डा बोकेर स्टेजमा देखिएका बादल प्रसाईले दशै तिहारका प्रसंग जोडिएका गित गाएर शुरु भएको कन्सर्ट झण्डै तीन घण्टा चल्यो ।

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज १८ गते ८:२८

jyoti magarरामप्रसाद ढुंगेल

युएई । युएईमा भएको ‘फिष्टेल कन्सर्ट २’ मा नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुती दिएका छन् । चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा बोकेर स्टेजमा देखिएका बादल प्रसाईले दशै तिहारका प्रसंग जोडिएका गित गाएर शुरु भएको कन्सर्ट झण्डै तीन घण्टा चल्यो ।

यसपाली दसैंमा ठुलो दाई आउने रे बोलको गितबाट आफ्नो प्रस्तुती शुरु गरेका प्रसाईले पाँच वटा गित प्रस्तुत गरे । घन्कायो घन्कायो झिल्केले मादल गाउँदा उनलाई दर्शकले राम्रै साथ दिए ।

पछिल्लो समय विवादमा तानिएकी ज्योति मगर कार्यक्रमको आकर्षण पात्र थिईन् । ज्योतिले जिम्वाल बाको आँगनीमा, उही मुलाको चाना, पिरतीमा दम छ लगायतका गित प्रस्तुत गरेर दर्शकलाई नचाईन् ।

jyoti-magarपहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतिले गीत प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए । तर उनी यस अघिका स्टेज कार्यक्रममा भन्दा केही संयमित देखिएकी थिईन । उनले ढाडे बिरालो, छोटो सारीमा लगायतका गित भने छोटो गाईन् ।

कालो स्कर्टमा स्टेजमा छिरेकी स्मृति पोखरेलले नौडाँडा काटी, कस्तो भन तिमी लगायतका गित प्रस्तुत गरिन् । पोख्रेलपछि पालो थियो शिब परियारको ।

केही हप्ताअघि काठमाण्डौमा भएको मोटरसाईकल दुर्घटनामा लिगामेन्टमा समस्या देखिएको बताउदै स्टेजमा छिरेका शिब परियारले उपस्थित दर्शकलाई नचाउन कुनै कसर बाँकी राखेनन् ।

ब्याच सिक्सटीन चलचित्रको संगै डुब्दैछु तिम्रो यादमा बोलको गित गाएर आˆनो प्रस्तुती अगाडी बढाएका परियारले फाष्ट विटका गीतलाई प्राथमिकता दिए ।

बेहोसीपछि त होसमा आउदा क्या दामी भो ।
पिउने म पिलाउनेको पो क्या बद्नामी भो ।

आफ्नो जिवनकै सर्वाधिक चर्चित गीत भन्दै यो गित गाएका शिबले दर्शकको वान्समोर हुटिङका कारण यो गीत दोहोर्याउनु पर्यो । उनले गालैको कोठी, रोशी खोला लगायतका चर्चित गितहरु प्रस्तुत गरे । पिउदिन भन्दा भन्दै पिलायो साथीले, रुपौली रानी लगायतका गीत गाउँदा सबैले नाँचेर साथ दिएका थिए ।

कलाकार तथा संचारकर्मी रमेश क्षितिजले नेपाली कलाकार तथा राजनितिज्ञहरुको आवाजको क्यारिकेचर गरेर दर्शकलाई हसाए । उनले केपी ओली, सुशील कोईराला, बाबुराम भट्टराई लगायतका नेताको क्यारिकेचर गरेका थिए । प्रवासी नेपाली युवा संघ अल्कुज क्षेत्रीय समिति र क्रियटिभ युथ नेपालको आयोजनामा भएको कन्सर्टको प्रायोजन फिष्टेल ट्राभल एण्ड टुरिज्मले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?