Comments Add Comment

यी हुन् विश्वका सय मूल्यवान ब्राण्ड : नोकिया बाहिरियो, लेनोभो चढ्यो

Internet

टेक्नोलोजी जाएन्ट्स एप्पल र गुगलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै तेश्रोपटक पनि विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएका छन् ।

इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको यो वर्ष विश्वका सर्वाधिक मूल्यवान ब्राण्डको सूचिमा एप्पल पहिलो स्थानमा कायमै छ भने गुगल दोश्रो स्थानमा यथावत छ ।

इन्टरब्राण्डको १६ औँ वाषिर्क ग्लोबल ब्राण्ड रिपोर्ट अनुसार एप्पलले आफ्ना ब्राण्ड भ्यालुलाई ४३ प्रतिशतले बढाएर १ खर्ब ७० अर्ब २७ करोड ६० लाख डलर पूराएको छ ।

दोश्रो स्थानको गुगलले आफ्नो ब्राण्ड मूल्यमा १२ प्रतिशतले वृद्धि गर्दै १ खर्ब २० अर्ब ३१ करोड ४० लाख पूराएको छ ।

विश्वका सबैभन्दा मूल्यवान ब्राण्डहरुमा अधिकांस प्रविधि कम्पनीहरुले बाजी मारेका भएपनि तेश्रो स्थानमा भने कोकाकोला कम्पनीले आफ्ना ठाउँ सुरक्षित राखेको छ ।

चौथो स्थानमा माइक्रोसफ्ट छ भने पाँचौ स्थानमा आइबिएम रहेको छ । त्यस्तै पहिलोपटक टप टेनमा छिर्न सफल अमेजन दशौँ स्थानमा रहेको छ । इन्टरब्राण्डको रिपोर्ट अनुसार विश्वका मूल्यवान ब्राण्डको सूचिमा सामसुंग सातौँ स्थानमा रहेको छ ।

टपटेनमा पर्न सफल अन्य ब्राण्डहरुमा टोयोटा, जनरल इलेक्ट्रिक र म्याक डोनाल्ड रहेका छन् ।

ब्राण्ड भ्यालुमा निकै तिब्र रुपमा उकालो चढिरहेको फेसबुक २३ औँ स्थानमा आइपुगेको रिपोर्टले देखाएको छ ।

यो वर्ष विश्वका सर्वाधिक मूल्यवान १ सय ब्राण्डको सूचिमा प्रविधिका ब्राण्डको प्रभुत्व देखिएको छ । इन्टरब्राण्डका अनुसार टेक्नोलोजी ब्राण्डले एक तिहाइ भन्दा बढि अर्थात् ३३.६ प्रतिशत हिस्सा ओगटेका छन् ।

यो वर्ष दुइवटा चिनिया उत्पादनहरु विश्वका सर्वोत्कृष्ट १ सय ब्राण्डभित्र परेका छन् । त्यसमा लेनोभो र हुवावे रहेका छन् । लेनोभो १ सयौँ स्थानमा छ भने हुवावे ८८ औँ स्थानमा रहेको छ ।

ब्राण्डेड प्रडक्ट तथा सेवाको वित्तिय अवस्था, उपभोक्ताको छनोटमा ब्राण्डले खेल्ने भूमिका तथा मूल्य र कम्पनीको मुनाफा लगायतका तत्वहरुको आधारमा इन्टरब्राण्डले विश्वका सर्वाधिक मूल्यवान ब्राण्डहरुको सूचि निकाल्ने गर्दछ ।

उता कुनैबेलाको नम्बर वान मोबाइल ब्राण्ड नोकिया भने उत्कृष्ट एक सय ब्राण्डको सूचिबाट समेत बाहिरिएको छ । मूल्यवान सयको सूचिबाट निन्टेन्डो पनि बाहिरिएको छ ।

मूल्यवान सय भित्र प्यानासोनिक ६५ औँ, सोनी ५८ औँ, फिलिप्स ४७ औँ, क्यानोन ४० औँ, इ बे ३२ औँ तथा एचपी १८ औँ स्थानमा रहेका छन् ।

प्रविधि कम्पनीहरुमै ओरेकल १६ औँ, सिस्को पन्ध्रौँ, इन्टेल १४ औँ स्थानमा रहेका छन् ।
सूचि अनुसार स्प्राइट ८१ औँ स्थानमा, केएफसी ७५ औँ स्थानमा तथा नेस्क्याफे ३६ औँ तथा पेप्सी २४ औँ स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment