+
+

वीरगञ्ज भन्सारको ७ अर्ब रुपैयाँ राजस्व गुम्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते १२:०२

Bhansar-Birganj

२१ असोज,  पर्सा । आन्दोलनरत मधेसी मोर्चाको अवरोध र भारतको अघोषित नाकाबन्दीका कारण वीरगञ्ज भन्सार कार्यालयले मात्रै ७ अर्ब रुपैयाँ राजश्व गुमाएको छ । असोज ७ गतेदेखि भएको नाकाबन्दी बिहीबार १५ औं दिनमा आइपुग्दा झण्डै ७ अर्ब रुपैयाँ भन्सार राजश्व प्रभावित भएको हो ।

आयात-निर्यात बन्द भएपछि देशको सबैभन्दा बढी भन्सार उठाउने वीरगंज भन्सार कार्यलयको राजश्व संकलन १५ दिनदेखि ठप्प छ । वीरगञ्ज र रक्सौलबीचको मितेरी पुलमा मोर्चाका कार्यकर्ताले २४ घण्टा नै धर्ना दिएर नाकाबन्दी गरिरहेका छन् ।

वर्षको सुरुवात मै भूकम्पका कारण धेरै राजश्व गुमाएको अवस्थामा मधेसी मोर्चाको ५० दिनभन्दा लामो तराई बन्द र भारतको अघोषित नाकाबन्दीले झनै प्रभाव पारेको वीरगञ्ज भन्सार प्रमुख मित्रलाल रेग्मीले बताए ।

वीरगञ्ज भन्सारले भदौ महिनामा मात्रै लक्ष्यभन्दा ३ अर्ब ९१ करोड रुपैयाँ कम राजश्व उठाएको थियो ।

असोज महिनामा ७ अर्ब ७८ करोड राजश्व उठाउने लक्ष्य लिइएकोमा बिहीबारसम्म १ अर्ब ८५ करोड रुपैयाँ मात्रै राजश्व संकलन भएको उनले  बताए । यस्तै अवस्था रहिरहे यसै महिनामा मात्रै ५ अर्ब रुपैयाँ भन्दा बढी राजश्व घाटा हुने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?