Comments Add Comment

सल्यानमा लुटेरा र प्रहरी भिडन्त, हतियारसहित एक पक्राउ

२२ असोज, दाङ । नेपालगञ्जबाट रुकुम जाँदै गरेको तीन वटा रात्रीबसका यात्रुलाई सल्यानमा लुटपाट गर्ने लुटेराहरु र प्रहरीबिच दोहोरो गोली हानाहान भएको छ ।

लाखौं नगद, सुन र मोबाईल लुटेर भागेका लुटेराहरुको खोजी गर्ने क्रममा सल्यानको स्विकोट गाबिसको खालखोलामा भिडन्त भएको हो । प्रहरीमाथि लुटेराहरुले गोली चलाएपछि प्रहरीले पाँच राउण्ड गोली चलाएको अञ्चल प्रहरी प्रमुख एसएसपी प्रेम चन्दले जानकारी दिए ।

प्रहरीले दुई थान थ्री नट थ्री राइफल र ६ राउण्ड गोली बरामद गरेको छ । दोहोरो भिडन्त भएको स्थानमा रगत बगेको भेटिएकाले लुटेराहरु घाईते भएको हुन सक्ने प्रहरीले जनाएको छ ।

लुटेराको पिछा गर्ने क्रममा जाजरकोट ८ खलङगाका सविन रानालाई वामे गाबिस १ राईनाबाट एक लाख रुपैयाँ नगद र ६ थान मोवाईल सेट सहित पक्राउ गरेको एसएसपी चन्दले जानकारी दिए ।

अञ्चल प्रहरी प्रमुख एसएसपी चन्दको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सल्यान, प्रहरी चौकीहरु देबस्थल, नेटा, ढोरचौर, सल्ली र रागेचौरबाट गएका प्रहरीहरुले लुटेराहरुको खोजी गरिरहेको छ । लुटेरा मध्ये ७ जना वामे गाबिसको जंगलमा प्रबेश गरेको भन्दै प्रहरीले घेरा हालेर सर्च सुरु गरेको छ । 

बिहीबार रापत ना ४ ख ५९७, ना ४ ख ६३८३ र ना ४ ख १३१७ नम्बरको रात्रीबसका यात्रुहरु माथी लुटपाट भएको थियो । लुटेराहरुले २० लाख नगद, ५२ थान मोवाईल सेट र १ तोला सुन लुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment