Comments Add Comment

प्रधानमन्त्री चयनका लागि आज निर्वाचन हुँदै

susil-koirala-and-kp-oli
२४ असोज, काठमाडौं । नेपालको ३८ औ प्रधानमन्त्री चयन गन व्यवस्थापिका संसदमा आइतबार मतदान हुँदैछ ।
व्यवस्थापिका संसदको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रधानमन्त्रीका लागि कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मनोमयन दर्ता गराएका छन् ।

शनिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर मनोनयन दर्ता गराउँदा एमाले अध्यक्ष केपी ओलीका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक बनेका थिए ।

कोइरालाको नाम भने कांग्रेस नेता शेरबहादुर देउवाले प्रस्ताव गरेका थिए भने रामचन्द्र पौडेलले समर्थन गरेका थिए ।

मतदानमा संसदमा तत्काल कायम रहेको संख्याको बहमत प्राप्त गर्नुपर्नेछ । अहिले व्यवस्थापिका संसदमा पाँच सय ९८ सांसद छन् । प्रधानमन्त्री चुनिनका लागि कम्तीमा तीन सय मत प्राप्त गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्रीको उम्मेद्वारले आजको निर्वाचनमा बहुमत नल्याए अर्को निर्वाचनका लागि फेरि समय तोकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment