+
+

दिनभर ५६ इन्धन ट्यांकर नेपाल भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २४ गते १५:२४

Bhairahawa-Belhiya-Bhansar

२४ असोज काठमाडौं । आइतबार दिनरभरमा भारतबाट ५६ वटा इन्धन ट्यांकर नेपाल भित्रिएका छन् । बिराटनगर र भैरहवा भन्सारमा सुरक्षाको कारण देखाउँदै एउटै गाडी नआएको दिन नेपालगञ्ज र काँकडभिट्ट नाकाबाट मात्र ५५ वटा इन्धन ट्यांकर नेपाल प्रवेश गरेका छन् ।

नेपालगञ्ज नाकाबाट ३८ वटा तेल र ग्यस बोकेका गाडी नेपाल प्रवेश गरेको जमुनाह भन्सार प्रमुख राजेन्द्र हमालले जानकारी दिए । जसमा २६ वटा डिजेल, ११ बुलेट ग्यास र १ ट्यांकर हवाई इन्धन छ ।

यसैगरी काँकडभिट्टा नाकाबाट १७ ट्यांकर इन्धनले नेपालमा प्रवेश पाएको मेची भन्सार प्रमुख भीम अधिकारीले जानजकारी दिए । जसमध्ये १४ ट्यांकरमा पेट्रोल छ भने ३ बुलेट ग्यास पनि नेपाल आएको छ । कैलाली नाकाबाट एक बुलेट ग्यास नेपाल आएको भन्सार प्रमुख हरीप्रसाद पाण्डले जानकारी दिए ।

मधेसी मोर्चाको कार्यकर्ता र प्रहरीबीच भएको तनावपछि शनिबार दिउँसोदेखि बिराटनगर नाका ठप्प छ । भैरहवा नाकामा भने विभिन्न किसिमका हल्लाका कारण ड्राइभरहरु नपाल आउन नमानेको भन्दै ६ दिनदेखि आयात बन्द गरिएको छ ।

एक नेपाली युवकलाई भारतमा सांघातिक आक्रमण भएपछि हिंसा भडि्कने भन्दै भारीय प्रहरीले गाडीहरुलाई छोड्न चासो पनि देखाएको छैन ।

वीरगञ्ज नाकामा भने मधेसी मोर्चाले शिविर नै खडा गरेर धर्नामा बसेपछि आयात हुन नसकेको तीन हप्ता बितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?