Comments Add Comment

ललितपुर मोबाइल कम्प्लेक्समा हात खाली नजाने उपहार

२५ असोज, काठमाडौं । ललितपुर लगनखेलस्थित संचयकोष भवनमा रहेको मोबाइल कम्प्लेक्सले नेपालीहरुको महान चाड बडादशैं तथा तिहारको अवसर पारेर हात खाली नजाने उपहार योजना ल्याएको छ ।

lalitpur mobile complex dashain tihar Offer‘दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार’ योजनामा कुनैपनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्नेछन् ।

हरेक स्मार्टफोनको खरिदमा मोबाइल कभर, डिस्प्ले गार्ड, पावरब्याङ्क, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार पाइने छ । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागि हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।

कम्प्लेक्सले सामसुङ, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना ल्याएको बताए ।

कम्प्लेक्सले उपहारसहित हरेक मोबाइल तथा एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा ७० प्रतिशतसम्म छुटको व्यवस्था मिलाएको छ ।

कम्प्लेक्समा सामसुङ स्मार्टफोन खरिद गर्दा ग्राहकले कम्पनीको तर्फबाट बम्पर पुरस्कारमा कार प्राप्त गर्ने तथा हुवावेको स्मार्टफोन खरिद गर्दा बम्पर पुरस्कारमा रोयल इन्पिmल्ड मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । हुवावेको जी प्ले मिनी स्मार्टफोन खरिदमा भने ४ हजार रुपैयाँ बराबरको पावरब्यांक निःशुल्क प्राप्त हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment