Comments Add Comment

सातदोबाटोमा अन्तराष्ट्रियस्तरको नमूना ट्राफिक कार्यालय

२६ असोज, ललितपुर । ललितपुरको सातदोबाटोमा स्थानीय जनसहभागिताबाट नेपालकै आधुनिक र नमूना ट्राफिक कार्यालय निर्माण हुने भएको छ । स्थानीय जन सहभागितामा महानगरीय ट्राफिक कार्यालय ललितपुर परीसरका लागि आधुनिक भवन निर्माण गर्न लागिएको हो ।

Lalitpur-Traffice-Buildingआधुनिक भवनको आज महानगरीय ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक जयबहादुर चन्दले विशेष समारोहकाबीच विधिवतरुपमा शिलान्यास गरे ।

निर्माणाधिन ट्राफिक परीसर भवन शिलान्यास कार्यक्रममा प्रहरी नायव महानिरिक्षक चन्दले जनसहभागिताबाट करोडौं रकम संकलन गरी नेपालकै नमूना र आधुनिक प्रहरी कार्यालय भवन निर्माण हुनु अत्यन्तै खुशीको कुरा भएको बताए ।

यस्तो सामाजिक कार्यबाट आगामी दिनहरुमा ट्राफिक प्रहरीलाई आम जनताप्रति थप उत्तरदायी र सेवामुखी बनाउन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरे ।

सो भवन करिब २ करोड लागतमा १ वर्ष भित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सो भवन भूकम्प तथा उपत्यकामा हुने मौसम अनुसार घाम, पानी, धुलो धुँवा प्रतिरोधी, पर्याप्त पार्किङ, अन्तर्राष्ट्रियस्तरको प्रशासकीय एवम् व्यवस्थापकीय कक्ष र सेवाग्राहीका लागि प्रतिक्षालय रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment