Comments Add Comment

के अलग भएकै हुन् त मलिना र अनुप ?

malina-and-anup
नेपाली चलचित्रका कलाकारहरुको प्रेम र विछोडका खबर बारम्बार सार्वजनिक भैरहेका छन् । प्रेममा परेपछि खुलेरै यसलाई सार्वजनिक गर्ने जोडी हुन्, नायक अनुपविक्रम शाही र मोडल तथा नायिका मलिना जोशी । यो जोडीले आफ्नो प्रेमलाई खुलेरै अगाडि ल्यायो र दुबैले एक अर्कालाई हृदयदेखि प्रेम गरेको पनि दर्शायो । तर, अहिले चलचित्र बजारमा यी दुई अलग भएको खबर सार्वजनिक भैरहेको छ ।

मलिना अमेरिका गएपछि टाढिएको यो जोडी अब भने अलग हुने अवस्थामा पुगेको बताइन्छ । मलिना अमेरिका गएको ६ महिना बढी भैसकेको छ । अनुप भने अहिले चलचित्रमा नै व्यस्त छन् । उनले अभिनय गरेको चलचित्र ‘ठमेल डट कम’ कात्तिक ५ गतेबाट देशभर चल्दैछ, जसबाट उनले तारिफ पनि पाइरहेका छन् ।

अनुपसँग ब्रेकअपको चर्चा चलेपछि मलिना चाडै नै नेपाल फर्किने योजनामा रहेको वुझिन्छ । मलिना नेपाल फर्किएपछि यो जोडीको सम्बन्ध अझ स्पष्ट हुनेछ ।

हुनत, कुनै पनि कलाकारको चलचित्र प्रदर्शन हुने समयमा ब्रेकअप र मिलनका चर्चा नेपाली चलचित्र बजारमा चलाइने गरिन्छ । कतै, अनुपले यो चर्चा चलचित्रको प्रचारका लागि त गरेका होइनन् ? समयले नै बताउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment