+
+
Shares

तय भयो सलोन र रिस्ताको ‘आधा पेज’ खुल्ने दिन

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २९ गते १२:०९

aadha-page
चलचित्र ‘आधा पेज’को प्रदर्शन मिति तय भएको छ । पौष १० गते यो चलचित्र चल्ने पक्का भएको हो । बिहिबार एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्रका निर्माता लिला बहादुर न्यौपानेविच प्रदर्शन मितिमा संझौता भएको हो । देशभरका ६० वटा हलमा यो चलचित्र चल्ने पक्का गरिएको छ ।

समुन्द्र भट्टको निर्देशनमा तयार भएको यो चलचित्रमा रिस्ता बस्नेत, सलोन बस्नेत, रुपेश न्यौपाने, विपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्रलाल श्रेष्ठको छायांकन, आकाश वुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन छ । परि फिल्मस्को प्रस्तुतीमा लिलाबहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले यो चलचित्रलाई निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?