+
+

राष्ट्रपतिद्वारा नवदुर्गाको पूजा तथा प्रसाद ग्रहण

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक ९ गते १४:३५

Ram-baran-yadav

९ कात्तिक, भक्तपुर । राष्ट्रपति डा. रामवरण यादव भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेका छन् ।

बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपतिले प्रसाद ग्रहण गरेका हुन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको पूजा गराई टीका एवम् प्रसाद प्रदान गरे । त्यस क्रममा राष्ट्रपतिले नवदुर्गा देवगणका मूर्तिहरू अवलोकन गरी दर्शन गरे ।

राष्ट्रपति डा यादवलाई नवदुर्गा देवगणका मूल पुजारी इन्द्रबहादुर वनमालाले नवदुर्गा देवगणको प्रसादका रूपमा फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरे ।

राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरुलाई जनही २५१ का दरले दक्षिणा दिए । अपराह्न ४ बजे मन्दिर पुगेका राष्ट्रपति डा यादव करिब १५ मिनेटमा मन्दिरबाट बाहिरिएका थिए । उनले स्थानीय बासिन्दासँग भलाकुसारीसमेत गरेका छन् ।

देवगणहरुले भने आफूहरुको अवस्था ज्यादै नाजुक भएकाले सरकारले उचित रकमको व्यवस्था गर्नुपर्ने माग गर्दै राष्ट्रपति डा यादवलाई यस वर्ष पनि ज्ञापनपत्र बुझाएका छन् ।

नवदुर्गा देवगण गुठीका नारायण वनमालाले आठ वर्षको बच्चासमेत पढाइ छाडेर आठ महिनासम्म देवगण बन्नुपर्ने बाध्यता आएकाले सरकारले देवगणलाई पढ्ने व्यवस्था र परिवारलाई रोजगारीको वैकल्पिक व्यवस्था गरिदिनुपर्ने माग गरेका छन् ।

साइबाजा बजाएर काटेको राँगाको टाउको नगर परिक्रमा गराउनुपर्ने परम्परा लोप भएको बताउँदै नवदुर्गा जात्रा सञ्चालनमा वर्षको करिब १० लाख खर्च हुने तर रकम कतैबाट नआउँदा प्रसिद्ध जात्रा नै सङ्कटमा परेको बताउँदै सरकारले जात्रा सञ्चालनको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?