Comments Add Comment

मधेसमा फेरि जल्यो चीनको झण्डा

China-Flag-burn१३ कात्तिक, वीरगञ्ज । भारतको नाकाबन्दीबाट सिर्जित समस्या टार्न छिमेकी मुलुक चीनले नेपाललाई इन्धन दिन लागेको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका युवाहरुले पर्साको वीरगञ्जमा चीनको झण्डा जलाएका छन् ।

वीरगञ्जको घण्टाघर चोकमा भेला भएका आन्दोलनरत मोर्चाका युवा नेता तथा कार्यकर्ताहरुले झण्डा जलाएका हुन् । उनीहरुले ‘ब्याक अफ चाईना’को नारासमेत लगाएका थिए ।

‘चीनले मधेसको विरोधमा पहाडलाई सहयोग गरेकाले झण्डा जलाएका हौं,’ ईश्वरचन्द्र यादवले भने ।

यसअघि सर्लाहीमा पनि मोर्चाका कार्यकर्ताहरुले चीनको झण्डा जलाएका थिए । त्यसलगत्तै मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रेस विज्ञप्ति निकालेर मोर्चाको निर्णय विपरित चीनको झण्डा जलेको भन्दै दुःख व्यक्त गरेका थिए ।

– श्याम शर्राफबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment