+
+

प्रभु बैंकले ग्राण्ड बैंक गाभ्ने प्रस्ताब पारित

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १५ गते १६:०२

१५ कात्तिक, काठमाडौं । प्रभु बैंकको ग्राण्ड बैंकलाई गाभ्ने सञ्चालक समितिको प्रस्ताब विषेश साधारणसभाले पारित गरेको छ ।

प्रभु बैंकका अध्यक्ष देवीप्रकाश भट्टचनको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले यस्तो निर्णय गरेको हो ।

prabhu-and-grand-bankप्रभूले सुरुमा ग्राण्डलाई एक्वायर गर्ने निर्णय गरेको थियो । र, एक्वायरको प्रक्रिया पनि अघि बढेकेा थियो । तर, एक्वायर गर्न केही प्राविधिक समस्या परेकाले मर्ज गर्ने निर्णय गरिएको बैंकको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

एक्वायरका लागि तयार पारिएको डीडीए प्रतिवेदन अनुसार नै सेयर आदान प्रदान अनुपात -स्वाप रेसियो) निर्धारण गरिएको शेरचनले बताए ।

स्वाप रेसियोमा ग्राण्डको एक कित्ता सेयरको मुल्य ६५ रुपैयाँ ५८ पैसा र प्रभुको १ सय २१ रुपैयाँ ४५ पैसा कायम गरिएको छ ।

मर्जपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ पुग्ने साधारणसभामा जानकारी गराइयो ।

मर्जपछि बैंकको शाखा र काउण्टर संख्या १ सय ३६, एटिएम संख्या १ सय २३ र कर्मचारीहरुको संख्या करिव एक हजार तीन सय ५० पुग्नेछ ।

मर्जरपछि पनि बैंकको नाम भने प्रभु बैंक नै रहेन छ भने सञ्चालक समितिमा प्रभु बैंकको संचालक समितिले नै निरन्तरता पाउने र सीइओमा अशोक शेरचन नै रहने छन् ।

डेपुटी सीइओमा प्रभुकै तारा मानन्धर रहने छन् भने ग्राण्ड बैंकका कामु सीइओ सचिनजङ्ग रायमाझी डेपुटी महाप्रबन्धक हुनेछन् ।

यो पनि पढ्नुहोस्- सफलताको कथाः डुबेको किष्टलाई प्रभुले गर्‍यो कायापलट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?