+
+

भूकम्पपछि पहिरोले अवरुद्ध पदमार्ग स्थानीयवासीले खुलाए

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक १७ गते ८:२६

१७ कात्तिक, म्याग्दी । गत वैशाखको भूकम्पपछि पहिरो जाँदा अवरुद्ध बनेको म्याग्दीको राउण्ड धौलागिरि पदमार्ग स्थानीयवासीले खुलाएका छन् ।

मुदी– ९ बगर गाउँका बासिन्दाको सक्रियतामा धौलागिरि आधार शिविर जाने पदमार्ग मर्मत खुलाएका हुन् । भूकम्पका कारण कमजोर बनेको पहाड भत्किएर अवरुद्ध बनेको पदमार्ग मर्मत गरेर आवतजावत सहज बनाएको स्थानीयवासीले जनाएका छन् ।

कैचीभिर, तलित्रे, सल्लाघारी, इटली बेसक्याप र दुलाओढार क्षेत्रमा भत्किएको पदमार्ग मर्मत गरिएको बगरका अगुवा हरिप्रसाद तिलीजाले बताए ।

सल्लाघारीको हरथेबे खोला नजिकै करिब ३० मिटर बाटो बनाउन सकेमा इटाली बेसक्यापसम्म खच्चरमार्फत सामान ढुवानी गर्न सकिने तिलीजाको भनाइ छ ।

पदमार्ग मर्मत र सुधारका लागि पाँच लाख रूपैयाँ भन्दा बढी खर्च भएको छ । गाविसबाट एक लाख २० हजार रूपैयाँ र चार लाख रूपैयाँ ऋण खोजेर पदमार्ग बनाइएको उनले जानकारी दिए ।

थप दुई लाख बजेट भएमा पदमार्ग मर्मत कार्यले पूर्णता पाउने देखिएको छ । सहयोगका लागि जिविस र पर्यटन मन्त्रालयसँग स्थानीयवासीले अपेक्षा गरेका छन् ।

गत वर्ष यो मौसममा एक सय समूह आउने धौलागिरि आधार शिविरमा यसपाली ४० समूह पर्यटक पुगेका छन् । धौलागिरि हिमाल आरोहण र धौलागिरि चक्रीय पदमार्गको यात्राका लागि पर्यटक यस स्थानमा आउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?