Comments Add Comment

क्षयरोगबाट १५ लाखको मृत्यु, ४ लाखमा एचआइभी

tuberculosis

गएको वर्ष सन् २०१४ मा विश्वमा क्षयरोगका कारण १५ लाख मानिसको ज्यान गएको छ । क्षयरोगबाट ज्यान गुमाउने मानिसमध्ये ४ लाख मानिस एचआइभी संक्रमित थिए ।

विश्व स्वास्थ्य संगठनले गत बुधबार सार्वजनिक गरेको प्रतिवेदनले क्षयरोग र एचआइभी एड्स विश्वमा धेरै मानिसको ज्यान लिने सबैभन्दा भयानक रोगको रुपमा रहेका देखाएको छ ।

क्षयरोग विरुद्ध लडाइँमा प्रगति हासिल भैरहेको र सन् १९९० मा क्षयरोगबाट वर्षेनी मर्नेको संख्याभन्दा अहिलेको संख्या आधामा झरेको डब्लुएचओको भनाइ छ ।

डब्लुएचओको ग्लोबल ट्युबरकुलोसिस रिपोर्ट, २०१५ का अनुसार सन् २००० यता यो रोगको नियन्त्रणमा उल्लेखनीय सुधार आएको छ । पछिल्लो १५ वर्षमा क्षयरोगको प्रभावकारी चेकजाँच तथा उपचारका कारण ४ करोड ३० जना मानिसको ज्यान जोगिएको संगठनको रिपोर्टमा उल्लेख छ ।

सहश्राब्दी विकाश लक्ष्य लागु भएको वर्ष सन् २००० यता विश्वमा प्रतिवर्ष क्षयरोगका घटनामा १.५ प्रतिशतले गिरावट आएर समग्रमा १८ प्रतिशतले घटेको देखिएको छ । सहश्राब्दी विकाश लक्ष्यमध्येको एउटा लक्ष्य क्षयरोग तथा एड्सबाट हुने मृत्यु रोक्ने पनिथियो । विश्वव्यापी रुपमा यो लक्ष्य प्राप्त भैसकेको छ र क्षयरोग अत्यधिक रहेका २२ मध्ये १६ वटा देशले पनि लक्ष्य भेटाउन सफल भएका छन् । – एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment