+
+

पोखरा फाइनान्सको ५१ प्रतिशत लाभांश पारित

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २१ गते १५:१७

pokhara-finance२१ कात्तिक, काठमाडौं । पोखराको न्यूरोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सको १९औं वाषिर्क साधारणसभाले सेयरधनीलाई चुक्ता पुँजीको ५१.०५ प्रतिशत लाभांस वितरण गर्नेसञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

लाभांश वितरणपछि संस्थाको कुल चुक्ता पुँजी ४९ करोड ११ लाख १९ हजार २०० पुग्ने प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङ्गले जानकारी दिए ।

यस अवधिमा २ अर्व ७१ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्व ३० करोड ३७ लाख रुपैयाू कर्जा प्रबाह गरी १५ करोड ६३ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

सभाले संस्थामा आगामी ४ वर्षका लागि सर्वसाधारण शेयरधनीको तर्फबाट ३ प्रेम बहादुर थापा, डा. दीपेन्द्र कुमार गौतम र माया गुरुङलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?