+
+

संसदीय समितिको प्रश्न- तातोपानी नाका किन खोलिएन ?

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २१ गते १७:३०

Upavokta-samiti

२१ कात्तिक, काठमाडौं । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले थप सातवटा भन्सार नाका खोल्ने नेपाल-चीन सहमतिप्रति चासो देखाएको छ ।

समितिको शनिबार बसेको बैठकमा दुई देशबीच हालै भएको सहमतिबारे छलफल भएको छ । कांग्रेस नेता भीष्मराज आङदेम्बे सभापति रहेको समितिले नयाँ नाका खोल्ने सहमति भए पनि तातोपानी नाका खुलाउन पहल नभएको प्रति असन्तुष्टि जनाएको छ ।

बैठकपछि समिति सभापति आङदाम्बेले भने-‘केरुङ नाका हिउँपहिरोले अब चल्न सक्दैन, नयाँ सात नाका खोल्ने भनिएको छ । तर, चीनले सुरक्षाको कारण देखाउँदै सजिलो तातोपानी नाका खुलाउनेतर्फ पहल भएको देखिँदैन । यसबारे समितिको ध्यानाकर्षण भएको छ ।’

उनका अनुसार समितिले तातोपानी नाका खोल्न आवश्यक पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।

गत वैशाख १२ को विनाशकारी भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका अझै खुलेको छैन । नेपालतर्फको सडकको ट्रयाक खोल्ने काम मात्र भएको छ भने चीनले सुरक्षाको कारण देखाउँदै केही समय तातोपानी नाकालाई सञ्चालन गर्न नचाहेको देखिन्छ ।

नाकाबन्दीलाई अन्तरराष्ट्रियकरण गर्न निर्देशन

संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिले नेपाल-भारत सीमा नाकाहरुमा भएको पारवहन तथा आपूर्ति अवरोधलाई अन्तराष्ट्रियकरण गर्न सरकारलाई भनेको छ ।

समिति सभापति आङदेम्बेले भने-‘काँकडभिट्टा लगायतका नाकामा कुनै अवरोध छैन । तर, त्यहाँबाट पनि आपूर्ति हुन सकेको छैन । समस्या समाधानका लागि राजनीतिक र कूटनीतिक पहल गर्न र अन्तराष्ट्रियकरण गर्न सरकारलाई निर्देशन दिएका छौं ।’

समितिले निजी कम्पनीहरुलाई इन्धन आपूर्ति दिनेसम्वन्धी सम्पूर्ण कागजपत्र पेश गर्न आपूर्ति मन्त्रालयलाई भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?