+
+

भारतले तराई टुक्राउन खोजेको उपप्रधानमन्त्रीको आरोपप्रति भारतीय दूतावासको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २१ गते १७:५८

२१ कात्तिक, काठमाडौं । भारतले नेपालका उपप्रधानमन्त्री चित्रबहादुर केसीमाथि नेपाल र भारतको सम्वन्ध विगार्न उद्धत भएको आरोप लगाएको छ ।

Chitra-Bdr-Kcकाठमाडौंस्थित भारतीय दूताबासले शनिबार विज्ञप्ति जारी गर्दै केसीको पछिल्लो अभिव्यक्तिप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छ ।

शुक्रबार हिमालयन टेलिभिजनसँगको अन्तरवार्तामा उपप्रधानमन्त्री केसीले नेपालको समथर भूगागलाई आफ्नो देशमा मिलाउने रणनीति अनुसार भारतले हस्तक्षेप बढाएको आरोप लगाएका थिए ।

भारतले नेपालमा संविधान घोषणादेखि प्रधानमन्त्री बन्न नदिन प्रयास गरेको उनले बताएका थिए । भारतले नाकाबन्दी गरेर कुहेका आलु पठाउने, विषादी हालेको फलफूल पठाउने तर, इन्धन नपठाउने गरेको भन्दै उपप्रधानमन्त्री केसीले कटाक्ष गरेका थिए ।

तर, भारतीय दूताबासले भने उपप्रधानमन्त्री केसीको आरोप आधारहीन र उत्तेजक भएको बताएको छ । केसीको अभिव्यक्ति आधारहीन, उत्तेजक र नेपाल र भारतका जनताबीचको ऐतिहासिक र पारिवारिक सम्बन्ध विगार्ने उद्देश्यले आएको छ’-दूताबासले भनेको छ ।

भारतले नेपाल सरकार उपप्रधानमन्त्री केसीको यस्ता अभिव्यक्तिबाट टाढै रहने विश्वाससमेत व्यक्त गरेको छ ।

केही दिन पहिले खेलकुदमन्त्री सत्यनारायण मण्डलले भारतले नेपालमा बर्दीबिनाका सेना पठाउन लागेको भनेका थिए । भारतीय दूतावासले बिज्ञप्ति निकालेर अापत्ति जनाएका थिए । संयोगबस शनिवार नै अर्का उपप्रधानमन्त्री सीपी मैनालीले पनि भारतले मधेस टुक्राउने तयारी गरिरहेको भन्ने अभिब्यक्ति दिएका छन् ।

अाखिर के भनेका थिए उपप्रम केसीले ? हेर्नुहोस् हिमालयन टीभीमा प्रसारित अन्तरवार्ता-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?