Comments Add Comment

नेपाल पाकिस्तानसँग १२१ रनले पराजित

Nepal-Vs-Pakistan-cricket (22)

२२ कात्तिक, काठमाडौं । एकदिवसीय टुर म्याचमा नेपाल पाकिस्तानसँग १२१ रनले पराजित भएको छ ।

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तगरत पपुवा न्यूगिनीविरुद्धको खेलका लागि यूएई गएको नेपालले ‘पाकिस्तानिज् टीम’सँग खेल्ने मौका पाएको थियो । इंग्ल्याण्डसँगको वन डे सिरिज अघिको अभ्यास खेल भएपनि पाकिस्तानले एकदवसीय कस्तान सर्फराज अहमदकै नेतृत्वमा युसुन खान, शोएब मल्लिक, बाहब रियाज, याशिर शाहसहितको टीम नेपालविरुद्ध उतारेको थियो ।

अबुधाबीमा पाकिस्तानले नेपाललाई ३२७ रनको लक्ष्य दिएको थियो । तर, अनिल मण्डलको अर्धशतकका बाबजुत ५० ओभरमा ५ विकेट गुमाएर २०५ रन मात्र बनाउन सक्यो ।

नेपालको ओपनिङ अनिल मण्डल र सुवास खकुरेलले गरेका थिए । खराब प्रदर्शनका कारण केही समय टीम बाहिर रहन पुगेका सुवासले ओपनिङ जोडीमा कमब्याक गरेका थिए ।

Nepal-Vs-Pakistan-cricket (12)

अनिल र सुवासले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे । तर, १४ औं ओभरको दोस्रो बलमा सुवास व्यक्तिगत २६ रनमा यासिरको बलमा अनवर अलीबाट क्याच आउट भए ।

अनिलले दोस्रो विकेटका लागि सागरसँग ७९ रनको साझेदारी गरे । ६१ रन बनाएका उनी अनवरको बलमा एलबीडब्लू धरापमा परे । थप ८ रन जोड्दा सागर पनि ३९ रनमा आउट भए ।

कप्तान पारस खड्का मात्र १३ रनमा वाहब रियाजको बलमा आउट हुन पुगे । उपकप्तान ज्ञानेन्द्र मल्ल अन्तिम बल खेल्नु अघि ४१ रन बनाएर अनवल अलीको बलमा आउट भए । शरद भेसवाकर १४ र मेहबुब आलम १ रनमा अविजित रहे । अलीले २ तथा यासिर शाह, वाहब रियाज र अहमद सेहजालले १-१ विकेट लिए ।

यसअघि नेपालले टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दियो । अजहर अली र अहमद सेहजादको ओपनिङ जोडीले पाकिस्तालाई राम्रो सुरुवात दिलाए । पहिलो विकेटका रुपमा बसन्त रेग्मीले सेहजादलाई व्यक्तिगत ३५ रनमा आउट गरे । जतिबेला टीमको स्कोर ५५ रन थियो ।

अजहरले मोहम्मद हाफिजसँग दोस्रो विकेटका लागि १०३ रनको महत्वपूर्ण साझेदारी गरे । अली ७३ रनमा रिटायर्ड आउट भए । थप ६ रन जोड्दा सागर पुनले हाफिजलाई नरेश बुढायरको हातबाट क्याच गराए । हाफिजले मात्र एक रनले अर्धशतक बनाउन चुके ।

Nepal-Vs-Pakistan-cricket (6)

युनस खानले ३८ रन बनाए । उनलाई बसन्तले पभेलियनको बाटो देखाए । शाएब मल्लिक ६३ रनमा रिटायर्ड आउट भए । सर्फराज अहमदलाई कप्तान पारस खड्काले मात्र ११ रनमा बोल्ड गरे ।

बाबर आजम ४३ र अनवर अली ११ रनमा अजिजित रहे । नेपालका लागि बन्सन्तले २ तथा पारस र सागरले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment