+
+

द्रुततर आर्थिक विकास मुलुकको आवश्यकताः उपराष्ट्रपति पुन

अनलाइनखबर अनलाइनखबर
२०७२ कात्तिक २६ गते ८:२०

Pasang
२६ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले द्रुततर आर्थिक विकास मुलुकको आवश्यकता रहेको बताएका छन् । शुभ दीपावली, नेपाल सम्बत नव वर्ष ११३६ तथा छठ पर्वको सुखद् अवसरमा सम्पूर्ण नेपालीहरुमा शुभकामना दिँदै उपराष्ट्रपति पुनले संविधानसभाबाट नयाँ संविधान जारी भइसकेको परिवर्तित सन्दर्भमा मुलुकको आवश्यकता भनेको द्रुततर आर्थिक विकास, प्रगति र समृद्धि भएको उल्लेख गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपाल धार्मिक र सांस्कृतिकरुपमा विविधता भएको मुलुक भएको उल्लेख गर्दै यस घडीमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उत्तरोत्तर प्रगतिको कामनाका साथै शुभेच्छा व्यक्त गरेका छन् ।

केही महिनायता गएको विनाशकारी भूकम्प र हालै देशले आपूर्तिमा बेहोर्नुपरेको असहजताका कारण नेपालीहरुको चाडपर्वको समय कठिन बन्न पुगेको बताउँदै पुनले सिङ्गो नेपाली जनताको एकता र सहकार्यबाट देशले विद्यमान कठिनाई र चुनौतीहरुको सामना गरी अघि बढ्न शुभ दिपावली, नेपाल सम्बत एवम् छठ पर्वले प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?