Comments Add Comment

भातले घटाउँछ मोटोपना, बढ्छ रोगप्रतिरोधी क्षमता

Nepali-Khana

भात सबैभन्दा चल्तीको खानेकुरा हो । बच्चादेखि बुढासम्म सबैको दैनिक आहारामा पर्छ भात । भातमात्र नभै चामलबाट बन्ने अन्य विभिन्न परिकारको बारेमा एउटा मान्यता के छ भने चामलका परिकार खाँदा मोटोपना बढ्छ । डाइटिशिनले पनि जब तपाइँलाई वजन घटाउने सल्लाह दिन्छन् तब सबैभन्दा पहिले तपाइँको डाइट चार्टबाट भात हटाइदिन्छन् ।

भात खानुका फाइदा यस्ता छन् :

१. वजन नियन्त्रण :

चामलमा कार्बोहाइड्रेट प्रसस्त मात्रामा पाइन्छ । दिउसोको भोजनमा चामलका परिकार सामेल गर्नाले वजन नियन्त्रणमा सहयोग पुग्छ । तर चामलका परिकारका साथमा सलाद अनिवार्य रुपमा खानुपर्छ । बिहान बेलुकी भात खानुभन्दा दिउसो लन्च टाइममा भात वा अन्य चामलजन्य परिकार खानु राम्रो हुन्छ । किनकी यो समयमा सरीरमा मेटाबोलिज्म उच्च हुन्छ र कार्बोहाइड्रेटको भरपूर उपयोग हुन्छ ।

२. पाचन त्रियालाई दुरुस्त राख्न :

भात खानाले पाचन प्रक्रिया पनि चुस्त रहन्छ । पेट खराब भएको बेलामा भातको माड खानु लाभदायक हुन्छ । साथै भात पच्न पनि सजिलो हुन्छ ।

३. रोग प्रतिरोधी क्षमता बढाउन :

प्रायः सबैखाले बिरामीलाई डाक्टरले भातको जाउलो खान सल्लाह दिन्छन् । किनकी यो सजिलै पच्दछ र यसबाट सरीरका लागि आवश्यक उर्जा पनि प्राप्त हुन्छ । यसका लागि चामलजन्य परिकारले सरीरको रोगप्रतिरोधी क्षमता पनि बढाउँछ ।

४. माइग्रेनमा पनि लाभदायी :

माइग्रेनको समस्याकोे उपचारमा पनि भात निकै लाभदायक हुन्छ । यदि भातमा मह मिसाएर कम्तीमा एक हप्ता लगातार खानुभयो भने तपाइँले माइग्रेनबाट केही राहात पाउन सक्नुहुन्छ । साथै यसले मस्ष्तिकको विकाशमा पनि सहयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment