Comments Add Comment

पोखरा खुल्यो मल्टिप्लेक्स, ६ सय दर्शक अट्ने

pokhara-cine-plux
चलचित्र हेर्ने दर्शकको संख्या बढ्दै जाँदा सुविधासम्पन्न हलहरुको निर्माण हुने क्रम पनि बढेको छ । देशभर अहिले मल्टिप्लेक्स हल खोल्ने लहर नै चलेको छ । यो नेपाली चलचित्रका लागि सुखद कुरा हो । तर, यस्ता मल्टिप्लेक्सले नेपाली भन्दा विदेशी चलचित्रलाई प्रोत्साहन दिइरहेको गुनासो पनि सुनिन्छ ।

यसैविच, पोखराको मानव अधिकार चोकमा रहेको पोखरा ट्रेड मलमा सुविधा सम्पन्न मल्टिप्लेक्स हल संचालनमा आएको छ । दर्शकलाई आरमदायी तरिकाले चलचित्र हेर्ने वातावरण बनाउने भन्दै पोखरामा पहिलो पटक मल्टिप्लेक्स हल संचालनमा आएको हो ।

‘पोखरा सिने प्लेक्स’मा ३ सय ६३ र २ सय ३१ सिट क्षमताका २ वटा हल छन् । यी दुई पर्दामा दर्शकले डिजिटल प्रविधी, टुके क्वालिटी र थ्री डीको मज्जा उठाउन सक्छन् । यो हलमा हिन्दी चलचित्र हेर्न ३ सय र ३ सय ५०, अंग्रेजी चलचित्र हेर्नका लागि ३ सय ५० र ४ सय रकम तिर्नुपर्नेछ । हल संचालनमा आएसँगै दैनिक रुपमा शनिबार ५ शो र अरु बार ४ शो देखाउन थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment