+
+

अष्ट्रेलियामा सन्तोष र रश्नाको यस्तो प्रेम मोह

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ३ गते १४:२८

rasna
अष्ट्रेलिमा संचालनमा आएको राड स्टूडियोले नयाँ गीत तयार पारेको छ । ‘तिमी भित्र’ बोलको गीतमा निमुखा युवराजको शब्द छ । यो स्टूडियोमा राजेश घिमिरे र सरोज परियार आवद्ध छन् ।

डिजिटल की प्रोडक्शन सिड्नी र मोक्ष प्रोडक्शनको प्रस्तुतीमा यो म्यूजिक भिडियो तयार पारिएको हो । सौरम मानन्धरले यो गीतको भिडियोलाई छायांकन तथा निर्देशन गरेका छन् । मोक्ष प्रोडक्शनका प्रविण श्रेष्ठले भिडियोको सम्पादन गरेका हुन् ।

भिडियोमा सन्तोष कुमार श्रेष्ठ र रश्ना प्रधानले मोडलिङ गरेका छन् । अष्ट्रेलियामा रहँदै आउका सन्तोष कुमारले त्यहाँ फिटनेशनको तालिम पनि दिने गरेका छन् । उनले केही अन्तरराष्ट्रिय फिटनेश प्रतियोगीतमा स्वर्ण पदक पनि जितेका छन् । यस्तै, मोडल रश्नाले पनि नेपालमा विभिन्न र्‍याम्पमा मोडलिङ र टेलिभिजन विज्ञापनमा काम गरेकी थिइन् ।

यो टिमले तयार पारेको भिडियोलाई उत्कृष्ट बनाइएको छ । गीतको भाव अनुसार गीतलाई ढालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?