Comments Add Comment

रूसमा पनि नाकाबन्दीको विरोध, भारतीय दुताबासमा नेपालीहरुले बुझाए ज्ञापनपत्र

Masko-Nepali-Protest

मस्को । भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको मस्कोमा रहेका नेपालीहरुले बिरोध गरेका छन् । नेपालीहरूले मस्कोस्थित भारतीय दूताबास अगाडी बिरोध प्रदर्शन गर्दै ज्ञापनपत्र बुझाएका छन् ।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद रुसका पदाधिकारीलगायत एनआरएन अभियन्ताको अगुवाइमा नेपालीहरूले नाकाबन्दीको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनपछि भारतीय दूताबासका कर्मचारीसँग भेटबार्ता गरी नेपालको वास्तविक अवस्था बारे जानकारी समेत गराएका छन् । भेटमा गैर आबासीय नेपाली संघका महासचिव डा. बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, राष्ट्रिय समन्वय परिषद अध्यक्ष दिनानाथ राजभण्डारी लगायतको सहभागिता थियो ।

नेपालीहरूले महाभूकम्पपछि नाजुक अवस्थामा रहेको नेपालमाथि लगाइएको नाकाबन्दीले इन्धन, औषधि लगायत अत्यावश्यक सामग्रीको अभाव भएको र मानवीय संकट उत्पन्न भएको भन्दै नाकाबन्दी खोल्न सचेत गराएका छन् ।

ज्ञापन पत्र बुझ्दै भारतीय दूताबासका कर्मचारी चेतन आनन्दले रुसबासी नेपालीहरुका गुनासा र अनुरोध भारत सरकारसम्म पुर्याइदिने प्रतिवद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment