+
+

राजमार्गमा निषेधाज्ञाको समय बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते ८:४५

७ मंसिर, सिरहा । सिरहा प्रशासनले पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाका विभिन्न सडकखण्डमा रातिको समयमा लगाउँदै आएको निषेधाज्ञाको समय बढाएको छ ।

Sirahaसंयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले पूर्वपश्चिम राजमार्गमा धर्ना बसेर रातिको समयमा सञ्चालन हुने यातायातका साधनमा अवरोध पुर्याउन थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञाको समय दुई घन्टा थप गरी १२ घन्टा पुर्याएको हो ।

सिरहाका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विश्वकर्माले राजमार्गमा निर्वाध रुपमा सवारी साधन सञ्चालन गर्न तथा शान्ति सुरक्षा कायम राख्न आइतबारबाट प्रत्येक दिन साँझ ७ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञाको समय थप गरिएको बताए ।

आन्दोलनरत पक्षको बन्द र विरोधका कार्यक्रम हिंसात्मक बन्न सक्ने भएकाले निषेधाज्ञाको समय थप गरिएको बताउँदै प्रजिअ विश्वकर्माले निषेधाज्ञालगाएका क्षेत्रमा यातायातका साधनको आवातजावतमा कुनै अवरोध नपुर्याउन आग्रह गरे ।

मधेसी मोर्चाको आमहडतालका कारण जिल्लाको शान्ति सुरक्षा कायम राख्न र यातायात सञ्चालनका लागि भन्दै स्थानीय प्रशासनले गत कात्तिक ७ गतेदेखि पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको लहानस्थित बलान खोलाको पुलदेखि कमला खोलाको पुलसम्म दायाँ ५०० मिटर र बायाँ ५०० मिटरको क्षेत्रमा प्रत्येक दिन राति ९ बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म निषेधाज्ञा लगाउँदै आएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?