Comments Add Comment

मुगुकी सुनकलीलाई बार्सिलोनामा पनि अन्तराष्ट्रिय अवार्ड

Sunkali4

वसन्त रानाभाट

बार्सिलोना । मुगुकी मेस्सी भनेर चिनिएकी १३ बर्षिया किशोरीको फुटबल यात्रामा आधारित नेपाली डकुमेन्ट्री सुनकलीले स्पेनको बार्सिलोनामा अर्को अन्तराष्ट्रिय अवार्ड पाप्त गरेको छ। गत आईतबार सम्पन्न ३३ औ टोरेलो अन्तराष्ट्रिय माउन्टेन फिल्म फेस्टिबलले सुनकलीलाई “माउन्टेन कल्चर” विधामा उत्कृष्ट डकुमेन्ट्रीको ट्रफ्री दिएको हो।

बिश्वभरका माउन्टेन फिल्म फेस्टिबलको छाता संगठन एलाईन्सका अध्यक्ष जोन सरालले सुनकलीका निर्देशक पत्रकार भोजराज भाटलाई अवार्ड प्रदान गरेका थिए। १० दिन सम्म चलेको टोरेलो फिल्म फेस्टिबलमा नेपालको तर्फबाट पहिलो पटक सुनकलीले प्रतिस्पर्धामा सहभागी भएको थियो।

जहाँ संसारभरका उत्कृष्ट ६ दर्जन फिल्महरुलाई प्रदर्शन गरिएको थियो। फेस्टिबल चलिरहँदा संसारभरका २ दर्जन माउन्टेन फिल्म फेस्टिबल निर्देशकहरुको छुट्टै बैठक पनि चलेको थियो। जसमा नेपालको तर्फबाट काठमाडौ पर्वतीय अन्तराष्ट्रिय चलचित्र महोत्सव किम्फका अध्यक्ष बसन्त थापा पनि सहभागी हुन बार्सिलोना आएका थिए।

Sunkali1

पुरस्कार बितरण समारोहमा सुनकलीका निर्देशक भोजराज भाटले भने,”केहि समय अघि नेपालमा महा भूकम्पको दुखद समाचार अन्तराष्ट्रिय जगतमा छाईरह्यो र अहिले नेपालमा भारतीय नाकाबन्धीको पिडादायीक समाचार आई रहँदा सुनकलीले आज अन्तराष्ट्रिय अवार्ड थापेर एउटा खुशीको समाचार बाँडेको छ।” निर्देशक भाटले यसो भनिरहँदा झन्डै पाँच सय बढीको खचाखच हलले ताली पिटेर बधाई दिएको थियो।

पत्रकार भाटको सुनकलीलाई बार्सिलोनाको चर्चित युनिभर्सिटी अफ भिकमा पनि प्रदर्शन गरिएको थियो। भिक युनिभर्सिटीका बिद्यार्थीहरुले फरक विश्वको फुटबलको कथामा आधारित डकुमेन्ट्री हेरे पछि निकै उत्साहित बनेका थिए। उनीहरुले निर्देशक भाट सँग सुनकली र मुगुको परिवेशको बारेमा झन्डै आधा घण्टा अन्तरक्रिया गरेका थिए।

टोरेलो फिल्म फेस्टिबलमा सहभागी भएका किम्फका अध्यक्ष बसन्त थापाले भने, “१२ औ संस्करणको किम्फ यात्रामा सबै भन्दा बढी अवार्ड पाउँन सफल सुनकलीले संसारभरका फेस्टिबलमा सहभागी भई पुरस्कृत भएको खबर सुन्न पाउँदा हामीलाई निकै गर्ब लागेको छ। किम्फको गत बर्षको ओपनिङ्ग फिल्मको रुपमा देखाईएको सुनकलीले बार्सिलोनामा पनि अवार्ड पाएर संसारको मन जितेकोमा, टिम सुनकली र निर्देशक भाटलाई बधाई।”

Sunkali2

 निर्देशक भाटका अनुसार अबको दुई महिना भित्र सुनकली झन्डै एक दर्जन अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा सहभागी हुँदै छ। संसारको उत्कृष्ट मानिएको अलजजिरा ईन्टरनेशनल डकुमेन्ट्री फिल्म फेस्टिबलमा सुनकली ओपनिङ्ग सेरोमेनी मा पहिलो फिल्मको रुपमा यही २६ नोभेम्बरमा कतारको दोहामा प्रदर्शनी हुँदै छ।

 नेपाली समुदायबीच सुनकलीको प्रदर्शन

नेपाली डकुमेन्ट्रीको ईतिहासमा सबै भन्दा बढी अवार्ड पाउँन सफल सुनकलीको प्रदर्शनी मेस्सीको शहर बार्सिलोनामा पनि नेपाली समुदायबीच प्रदर्शनी गरियो। नेपालीनेपाली डटकमको पहल र एनआरएनए स्पेनको आयोजनामा बार्सिलोना स्थित कासा डेल टिबेटको हलमा डकुमेन्ट्री प्रदर्शनी गरिएको हो।

गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य एकराज गिरी,राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष मुक्त बहादुर गुरुङ,कासा डेल टिबेटका अध्यक्ष वाङ्ग चुङ्ग,कार्यक्रम संयोजक दावा ऋषी श्रेष्ठ लगायतले सुनकलीले जितेका ट्रफीहरु उचाल्दै निर्देशक भाटलाई बधाई दिए।

बार्सिलोनाबासी नेपालीहरुले सुनकली डकुमेन्ट्रीबाट बचत रकम मुगुकी चेलीहरुको हितका लागि सहयोग गर्ने भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment