Comments Add Comment

महेश बस्नेतले चार स्वास्थ्य चौकीलाई औषधि बाँडे

८ मंसिर, भक्तपुर । स्वास्थ्य चौकीहरुमा औषधिको चरम अभाव भएपछि पूर्व उद्योग मन्त्री एवम् मानवीय आस्था नेपालका संरक्षक महेश बस्नेतले चारवटा स्वास्थ्य चौकीलाई औषधि वितरण गरेका छन् ।

mahesh-basnetभारतीय नाकाबन्दीका कारण औषधि आयात हुन नसक्दा भक्तपुरका स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएपछि मानवीय आस्था नेपालले सङ्कलन गरेको औषधि बस्नेतले वितरण गरेका हुन् ।

गत वैशाखको विनाशकारी भूकम्पमा उद्धारका क्रममा घाइतेलाई वितरण गर्न ल्याएर बाँकी रहेका तथा विभिन्न ठाउँबाट सङ्कलन गरिएका रु दुई लाख ६८ हजार मूल्य बराबरको ३८ प्रकारका औषधि वितरण गरिएको हो ।

अनन्तलिङ्गेश्वर नगरपालिकाको संयोजनमा भएको कार्यक्रममा जिल्लाको सिरुटार स्वास्थ्य चौकी, बालकोट स्वास्थ्य चौकी, दधिकोट स्वास्थ्य चौकी र गुण्डु स्वास्थ्य चौकीलाई औषधि वितरण गरिएको हो ।

औषधि वितरण गर्दै पूर्वमन्त्री बस्नेतले भारतीय नाकाबन्दीका कारण देशभर औषधिको अभाव भइरहेको बताउँदै भारत नेपालको असल छिमेकी हुन नसकेको बताए ।

युद्धका बेलामा समेत नरोकिने औषधिको आयातलाई रोकेर भारतले विश्वसमक्ष मानव अधिकार उल्लङ्घनको नमुना प्रस्तुत गरेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment