Comments Add Comment

बाबुरामको संयोजकत्वमा नयाँ शक्ति निर्माण अभियान घोषणा

Baburam-Bhattarai

८ मंसिर, काठमाडौं । राजधानीमा दुई दिनसम्म चलेको भेलाले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई नयाँ शक्ति निर्माण अभियानको संयोजक बनाएको छ ।

दुई दिने भेलाको समाप्तिपछि मंगलबार नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराई संयोजकका रुपमा प्रस्तुत भए ।

डा.भट्टराईको संयोकत्वमा गठित समितिले ७५ वटै जिल्लामा नयाँ शक्ति निर्माण अभियान सञ्चालन गर्ने र प्रारम्भिक सदस्यता वितरण गर्ने घोषणा गरेको छ । पत्रकार सम्मेलनमा अभियानका नेता सुनिल पौडेलले अबको दुई महिनामा प्रचारात्मक, संगठन र आन्दोलनका कार्यक्रम सञ्चालन गरिने बताए ।

नयाँ शक्ति अभियानले हाललाई कार्यविभाजन भने एमाओवादीको जस्तै १३ प्रदेश अनुसार नै गर्ने भएको छ ।

अभियान्ता रामचन्द्र झाका अनुसार संविधानले व्यवस्था गरेको ७ प्रदेश अनुसार कार्यविभाजन सात प्रदेश स्वीकार गरेको जस्तो हुने बताए । उनले भने-मधेस र थरुहटमा आन्दोलन भइरहेको छ । मगरातलाई पनि सम्बोधन गर्नुपर्छ भनिरहेका छौं । त्यसैले अहिले अन्तरिम कार्य विभाजन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment