Comments Add Comment

बम प्रहारपछि बन्द भएको रेडियो परासीको प्रसारण सुरु

११ मंसिर, परासी । असुरक्षाको कारण देखाउँदै बन्द भएको सामुदायीक रेडियो परासीको प्रसारण शुक्रबारदेखि सुरु भएको छ ।

Radio-Parasiअज्ञात समूहले पेट्रोल बुधबार राति रेडियो परिसरमा पेट्रोल बम प्रहार गरेको थियो भने कार्यालय परिसरको एउटा मोटरसाइकलसमेत जलाइदिएको थियो । त्यसलगत्तै रेडियो बन्द गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले सुरक्षाको प्रत्याभूति दिने प्रतिवद्धता, स्रोताको आग्रह तथा मधेसी मोर्चाले पनि आफ्नो संलग्नता नभएको बताएपछि रेडियोले शुक्रबारदेखि प्रसारण सुरु गरेको प्रवन्ध निर्देशक मेघराज गौतमले जानकारी दिए ।

यसअघि मधेसी मोर्चाका कार्यकर्ताहरुले समाचार प्रसारणको विषयमा असन्तुष्टि जनाउँदै आएकाले आक्रमणमा मोर्चाकै संलग्नता भएको आशंका गरिएको थियो । ‘मोर्चाका नेताहरुले हाम्रो संलग्नता छैन भन्नु भएको छ,’ निर्देशक गौतमले भने, ‘कुनै उच्छृङ्खल समूहको संलग्नता हुनसक्छ, छानविन गरी कारवाही गर्ने प्रतिबद्धता सिडियो कार्यालयबाट पाएका छौं ।

स्रोताको चाहना र सुसूचित हुन पाउने नैसर्गिक अधिकारलाई सम्मान गर्दै दिउँसो साढे २ बजेदेखि प्रसारण सुरु गरेको समाचार प्रमुख मोहन पौडेलले बताए । केहि दिनसम्म रेडियो परासीले उत्पादन गर्ने समाचार प्रसारण नहुने तर, केन्द्रका समाचार भने बजाउने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment