Comments Add Comment

विप्लव समूहका गाउँपालिका इञ्चार्जद्वारा आत्मसमर्पण

२० चैत, रामेछाप । सकरारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहका सुनापति गाउँपालिका इञ्चर्जले आत्मसपर्मण गरेका छन् । गाउँपालिका इञ्चार्ज लोकबहादुर राना मगरले बुधबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आत्मसमर्पण गरेका हुन् ।

२०७३ सालदेखि विप्लव समूहका लागेका राना मगर २०७४ सालमा पार्टीको गाउँपालिका इञ्चार्ज भएका थिए । रामेछापको खाँडादेवी गाउँपालिका-१ राकाथुमका स्थायी बासिन्दा रानाले पार्टीको हिंसात्मक गतिविधि आफूलाई उचित नलागेकाले परित्याग गरेको बताए । उनले अब स्वतन्त्र नागरिकको रुपमा बस्न चाहेको बताए ।

आत्मसमर्पण गर्न आएका राना मगरलाई प्रशासनले मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा बुधबार नै छाडेको छ ।

हिंसात्मक गतिविधिमा नगाल्ने र सामाजिक काममा सक्रिय हुने प्रतिवद्धताका साथ आएकाले छाडिदिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । उनको गतिविधिको प्रशसानले निरन्तर निगरानी भने गरिरहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment