Comments Add Comment

मकवानपुरबाट लागूऔषधसहित ३ जना पक्राउ

२१ चैत, मकवानपुर । लागूऔषधको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको हेटौंडाबाट प्रहरीले लागूऔषध गाजा र सिरिन्जसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा महोत्तरी बर्दिवासका ३६ वर्षीय रामजस यादव र १९ वर्षीय उज्ज्वल गुर्मछाने मगर तथा चितवन राप्ति नगरपालिका ४ का ३७ वर्षीय लक्षबहादुर राई छन् ।

उनीहरुलाई बिहीबार पत्रकार सम्मेलन गर्दै मकवानपुर प्रहरीले सार्बजानिक गरेको हो ।

प्रहरीले हेटौंडा ३ तिनताप्केबाट हेटौंडातर्फ आउँदै गरेको ना३ख ३७६९ नम्बरको बोलेरो गाडी जाँच गर्ने क्रममा २१२ किलो गाजासहित महोत्तरी बर्दिवासका यादव र १९ वर्षीय मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिए ।

यस्तै प्रहरीले पूर्वपश्चिम राजमार्गको हेटौंडा १५ बाट भारतीय सीमामा बिक्रीका लागि राखिएको सिरिन्ज लागूऔषधसहित चितवनका राईलाई पक्राउ गरेको छ । वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बसमा सवार उनलाई जाँचको क्रममा लागूऔषध नाइट्रोभेट ट्याब्लेट १२७, डाइजेल्याब १० एम्पुल, व्युजनोफिर्न १० एम्पुल र फेनार्गन १० एम्पुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनै जनालाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम २ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि २० लाख रूपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment