News Summary
Generated by OK AI. Editorially reviewed.- माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को कुल ग्रस कलेक्सन ७ करोड १ लाख रुपैयाँ पुगेको छ।
- पछिल्लो आइतबारसम्म यो फिल्म २ लाख ४४ हजारभन्दा धेरै दर्शकले हेरेका छन्।
- निर्माताका अनुसार पोखरामा मात्र फिल्मले १ करोडभन्दा धेरै कमाइ गरेको छ।
काठमाडौं । माओत्से गुरुङ निर्देशित फिल्म ‘पेन्सन पट्टा’को कुल कमाइ ७ करोड रुपैयाँ ग्रस नाघेको छ । पछिल्लो आइतबार (११ असोज)सम्म फिल्मको कुल ग्रस कलेक्सन ७ करोड १ लाख रुपैयाँ पुगेको छ ।
सोही अवधिसम्म यो फिल्मलाई २ लाख ४४ हजारभन्दा धेरै दर्शकले हेरेका छन् । दयाहाङ राई र गौमाया गुरुङको शीर्ष भूमिका रहेको यो फिल्मले सकारात्मक प्र्रतिक्रिया पनि प्राप्त गरेको छ ।
विशेषगरि, पोखरा लगायतका लाहुरे सहरमा फिल्मको कलेक्सनमा बढोत्तरी छ । निर्माताका अनुसार, पोखरामा मात्र यो फिल्मले १ करोडभन्दा धेरै कमाइ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4