Comments Add Comment

भारतीय गाडीमा भएको आगजनीको विप्लव माओवादीले जिम्मा लियो

Agajani

११ मंसिर, बुटवल । बुटवलको राजमार्ग चौराहामा भारतीय सवारीमा आगजनी गरेको जिम्मा बिप्लव नेतृत्वको नेकपा माओवादीले लिएको छ ।

काँचो केरा बोकेको भारतीय नम्बरको मिनी ट्रकमा शुक्रबार बिहान आगजनी भएको थियो । भारतीय नाकाबन्दीको बिरोधमा आन्दोलनमा रहेको माओवादीले पार्टीको केन्द्रीय निर्णय र नीति अनुसार गाडी जलाइएको जनाएको छ ।

माओवादीका रुपन्देही सेक्रेटरी शरद ओलीले गाडीमा भएको आगजनीको जिम्मा लिएका छन् ।

उनले पाल्पा-रुपन्देही सीमा दोभानमा आफ्नो पार्टीका रुपन्देही जिल्ला सदस्य राजु बराहलाई प्रहरीले नियन्त्रणमा लिएको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment