Comments Add Comment

राष्ट्रिय दिवसको अवसरमा दुवईमा पाँच दिन सरकारी बिदा

national-day-
यूएई । आगामी डिसेम्बर दुई तारिखमा मनाइने युएईको नेसनल दिवसको अवसरमा पाँच दिन बिदा दिइएको छ । गतवर्ष यसै अवसरमा तीन दिन बिदा दिइए पनि यसपालि डिसेम्बर एकलाई सहिद दिवसका रुपमा मान्दै डिसेम्बर एकदेखि पाँच सम्मलाई सरकारी बिदा घोषणा गरिएको हो ।

शिक्षामन्त्री हमादीले युएईका राष्ट्रिपति सेख अलिफा बिन जायदअलनायनको पूर्ववर्ती निर्देशनको पालनालाई निरन्तरता दिँदै उपराष्ट्रपति तथा दुबईका रुलर सेख मोहम्मद बिन रसिद अलमोक्तमले बिदा घोषणा गरेको जनाएका हुन् ।

शिक्षामन्त्री हमादीले नेसनल दिवसको उपलक्ष्यमा सेख खलिफा, सेख मोहम्मद, सुपि्रमकोटका सबै सदस्यहरु, सात वटै इमिरेटस्हरुका रुलरहरुको सुस्वास्थ्य, उत्तरउत्तर प्रगतिको कामना गर्दै बधाई तथा शुभकामना समेत प्रकट गरेका छन् । त्यसरी नै युएईका बासिन्दा, अरब तथा इस्लामिक राष्ट्रहरुलाई नेसनल दिवसको उपलक्ष्यमा बधाई तथा शुभकामना समेट प्रकट गरिएको छ ।

निजी कम्पनीहरुले भने डिसेम्बर २ तारिख एकै दिन मात्र बिदा दिने तयारी गरिरहेको बुझिएको छ भने केही निजी कम्पनीहरुले सरकारी बिदा सरह बिदादिने तयारी गरेका छन् ।

नेसनल दिवसकै अवसरमा धेरै नेपालीहरुले वर्षकै सबैभन्दा लामो बिदा पाउने भएका छन् । यहीबिदाको अवसरमा बरदुबई, जाबिलपार्क, क्रिकपार्क, मम्जार पार्क, फुजेराको नेपालीपार्क, अबुधाबी, लगायतविभिन्न इमिरेटमा कार्यरत नेपालीहरुले भेटघाट, पिकनिक, नाचगान गरी नेसनल दिवस उमंगका साथ मनाउने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment