+
+

जाजरकोटमा धान उत्पादन ९ प्रतिशतले घट्यो, खाद्य संकटको चिन्ता

१४ मंसिर, जाजरकोट । यस वर्ष जाजरकोटमा धान उत्पादन ९ प्रतिशतले घटेको छ । प्रतिकुल मौसमका कारण धान उत्पादन घटेको हो । उत्पादन घटेका कारण किसानहरु चिन्तित बनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १४ गते १६:२४

बी.बी. गिरी
१४ मंसिर, जाजरकोट । यस वर्ष जाजरकोटमा धान उत्पादन ९ प्रतिशतले घटेको छ । प्रतिकुल मौसमका कारण धान उत्पादन घटेको हो । उत्पादन घटेका कारण किसानहरु चिन्तित बनेका छन् ।

Jajarkot-Dhan-Kheti
जाजरकोटमा धान रोप्दै स्थानीय । तस्वीर : इसीमोड

समयमा वर्षात नहुँदा र सिंचाइ असुविधाको कारण धान उत्पादन घटेको बताइएको छ । गत वर्षभन्दा यसपालि धेरै जमिनमा धान खेती गरिए पनि उत्पादन घटेको जिल्ला कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

कार्यालयका बाली संरक्षण अधिकृत मुकेश राम्जालीले यस वर्ष ३ हजार ३ सय ६३ हेक्टर जमिनमा गरिएको धान रोपाइँबाट ५ हजार ५ सय ८० मेट्रिक टन धान उत्पादन भएको बताए । गत वर्ष ३ हजार ६२ हेक्टरमा ६ हजार १ सय ८० मेट्रिक टन टन धान फलेको थियो । यसअनुसार जिल्लामा गत वर्ष भन्दा ६ सय मेट्रिक टन कम धान उत्पादन भएको छ ।

खाद्यान्न संकटको चिन्ता

धान उत्पादनमा आएको ह्रासले जिल्लामा खाद्यान्न संकट हुने स्थिति देखिएको छ । यस वर्ष प्रतिहेक्टरमा १ सय ६५ मेटि्रन टन धान फलेको छ भने गत वर्ष प्रतिहेक्टरमा २ सय १ मेट्रिक टन धान फलेको थियो ।

जिल्लाका मटेला, दल्ली, कालेगाउँ, कुदु लगाएतका स्थानमा बढी धान उत्पादन हुने गरेको छ । जिल्लामा कुल खेतीयोग्य जमिन २५ हजार ३ सय ८४ हेक्टर मध्य ३ हजार ३ सय ६३ हेक्टर जमिनमा मात्र धान खेती गर्ने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?