Comments Add Comment

अन्तशुल्क बिनास्टिकरको मदिरामा ‘चलखेल’

saufi-brand-ko-madira

सलमान खान

१५ मंसिर, कपिलवस्तु । भारतको अघोषित नाकाबन्दी र तीन महिनाभन्दा बढी लामो मधेस आन्दोलनका कारण देशको अर्थतन्त्र तहस नहस भएको अवस्थामा रुपन्देहीको एक मदिरा उद्योगले राजश्व छली गरेको पाइएको छ ।

रुपन्देहीको भैरहवामा रहेको किसान डिष्टिलरी प्रालिद्धारा उत्पादित विभिन्न व्राण्डको मदिरामध्ये दुई वटा ७० युपिको किसान सौफी र ७० युपिको किसान लिची ब्राण्डको मदिरामा अन्तशुल्कको स्टिकर बिनाबजार विक्रीवितरण गर्दा राजस्व छली गरेको पाइएको हो ।

कपिलवस्तु प्रहरीले कपिलवस्तुको लबनी बजारबाट किसान डिष्टिलरीद्धारा उत्पादित सौफी र लिची ब्राण्डको मदिरामा अन्तशुल्क स्टिकरनै नलगाएको मदिरा बरामद गरेको छ ।

किसान डिष्ट्रिलरी प्रालिद्धारा उत्पादित बिना अन्तशुल्कको स्टिकरको मदिरा कपिलवस्तुको लबनी बजारको विभिन्न पसलबाट ठुलो परिमाणमा बरामद गरिएको कपिलवस्तुका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

हामीले लबनी बजारबाट अन्तशुल्क स्टिकर विनाको किसान डिष्टिलरीद्धारा उत्पादित मदिरा बरामद गरेर अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय कृष्णनगरलाई जिम्मा लगाएको प्रहरी उपरीक्षक केसीले अनलाइनखबरसगँ भने ।

अन्तशुल्क विना स्टिकरका मदिरा बरामद गरेर हामीले हाम्रो दायित्व पुरा गर्यौ, बाँकी त्यसपछि अनुसन्धानको जिम्मा आन्तरिक राजश्व कार्यालय कृष्णनगरको हो उनले थपे ।

तर, यता आन्तरिक राजश्व कार्यालय कृष्णनगरका प्रमुख गोविन्द प्रसाद अधिकारीले आफ्नो कर्मचारी लबनी जादाँ सम्म त्यहाँ अन्तशुल्क स्टिकर नलगाएको कुनै पनि मदिरा नरहेको जिकीर गरे ।

बरामद गरेको मदिरा प्रहरीले लुकाएको भए हामीलाई थाहा भएन आफ्नो कर्मचारी जादा त्यहाँ बिना स्टिकरको मदिरा थिएन उनले भने ।

प्रहरीले अन्तशुल्क स्टिकार विनाको मदिरा बरामद गरेपनि प्रहरी र आन्तरिक राजश्व कार्यालय कृष्णनगरको उद्योगका संचालकसगँ कुरा मिलेपछि कार्यवाही प्रक्रिया नै नथालि टुङ्गो लगाइएको स्रोतको दावी छ ।

उद्योगका सचांलक जसवन्त सिहंले आन्तरिक राजस्वकै कर्मचारीको रोहवरमा मदिरामा अन्तशुल्कको स्टिकर लगाईने र मदिरा बजारमा पठाईने भन्दै कसरी बिना स्टिकरको मदिरा बाहिर भेटियो भन्नेवारे आफुलाई थाहा नभएको बताए । उनले आफ्नो उद्योगले गैरकानुनी काम नगर्ने भन्दै आफ्नो बचाउ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment