Comments Add Comment

कञ्चनपुरको पुनर्बासमा आगलागी, एकै परिवारका ३ को मृत्यु

Kanchanpur-Map१६ मंसिर, कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा मंगलबार घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।

आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो । प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment