+
+

प्रमुख तीन दलको बैठक जारी, मधेसी मोर्चाको मागमा साझा धारणा बनाउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १०:३०

१७ मंसिर, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको मागमा साझा धारणा बनाउने प्रयासमा प्रमुख तीन दलको बैठक बसीरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरु सहभागी छन् ।
Baluwatarझण्डै साढे तीन महिनादेखि बन्द हड्ताल गरेर आन्दोलन जारी राखेको मोर्चाले तराई मधेसमा दुई प्रदेश हुनुपर्ने, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने, अंगीकृत नागरिकता भएकाहरुलाई पनि प्रमुख संवैधानिक पदहरुमा नियुक्ति दिनुपर्नेलगायतका माग राखेको छ ।

मोर्चाका यी मागबारे साझा धारणा बनाएर मधेसी मोर्चासँग वार्ता गर्ने तीन दलको तयारी छ । बुधबार हुने भनिएको वार्ता तयारी नपुगेको र मोर्चाका शीर्ष नेताहरु राजधानी बाहिर रहेको भन्दै स्थगित गरिएको थियो ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो लगायतका नेताहरु तराई-मधेसमा जारी सभा र प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।

उनीहरु राजधानी आएपछि बिहीबार वार्ता हुने नेताहरुले बताएका छन् । बिहीबारको वार्तालाई निर्णायक बनाउने दाबी नेताहरुले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?