+
+

कुवेतमा मानसिक सन्तुलन गुमाएकी अनिशाले घरको ठेगाना बताउन सकिनन

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १७ गते १०:५७

कुबेतसीटी । नेपालीहरुको लागि पछिल्लो पटक बैदेशिक रोजगारीको केन्द्रबिन्दु मानिदै आएको खाडी मुलुक कुबेत बेला बखत नेपाली महिलाहरुको पीडादायिक खबरले तात्ने गर्दछ । विदेश गएर टन्न पैसा कमाउने सपना सजाएर बैदेशिक रोजगारीको शिलशिलामा कुबेत आएकी एक नेपाली चेलीले मानसिक सन्तुलन गुमाउन पुगेकी छिन ।

Anishaअनिशा बिक नाम गरेकी नेपाली चेली धन्नै डेढ बर्षदेखि कुबेत स्थित अलसभा अस्पतालमा उपचार गराउदै आएकी छिन । अनिशाको राहदानी नम्बरको आधारमा खोजी गर्दा उनी  करिव सात बर्ष पहिला भारतीय मार्ग हुदै कुबेत आईपुगेको र उनको स्पोन्सर साउदी नागरिक रहेको  पत्ता लागेको  एनआरएनए कुबेतका उपाध्यक्ष झबिन्द्र प्रसाद बन्जाडेले जानकारी गराए ।

अस्पातलले दिएको सुचना अनुशार बिष सेवन गरी अचेत अबस्थामा अनिशालाई अस्पातल पुर्याईएको थियो । धन्नै २३/२४ बर्ष उमेरकी जस्ती  देखिने  अनिशाले आफ्नो नाम घर ठेगाना समेत प्रस्ट रुपमा भन्न सक्दिनन । घर ठेगाना सोध्दा कहिले सिन्धुपाल्चोक र कहिले पाल्चोक मात्र भन्ने गर्दछिन ।

आफ्नो घर परिवार आफन्त कसैको बारेमा बताउन नसक्ने अनिशा अबैधानिक रुपमा बिदेशी नागरिकसंग  बस्दा मानसिक तथा शारीरिक पीडासंगै आफु अबैधानिक हुनुको पीरले बिष सेवन गर्न पुगेको हुनसक्ने बताइन्छ । अनिशाको बारेमा सबै कुरा नेपाली दुताबासलाई जानकारी गराईसकिएको उपाध्यक्ष् बन्जाडेले बताए ।

मानसिक सन्तुलन गुम्नाले  अनिशा आफै केहि बताउन सक्दिनन  आफन्ती कोहि सम्पर्कमा आएका छैनन त्यसैले उनी र उनको घर परिवारको बारेमा सबै कुरा जानकारी हुन् सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?