Comments Add Comment

कतारमा धनकुटा प्रवासी वचतकोषको शुभारम्भ

dhankuta-basi-At-Quatar

दोहा । धनकुटा प्रवासी सेवा समाज कतारले धनकुटा प्रवासी बचत कोष सञ्चालनमा ल्याएका छन् ।  समाजको मातहतमा रहेर धनकुटावासीहरुले कतारमा वचत शुरुवात गरेका हुन् ।

धनुकटा जिल्लाबाट कतारमा आई कार्यरत नेपालीहरु उक्त वचतमा आवद्ध हुन पाउनेछन् । शुभारम्भ कार्यक्रमबाट बचतकोषको समिति गठन गरिएको छ । अध्यक्षमा पदमकुमार घिमिरे, सचिवमा डिल्लीकुमार सुवेदी, कोषाध्यक्षमा रविन कुमार थापामगर, सह-कोषाध्यक्षमा मोतिराम पांचकोटी र संयोजकमा ललित कुमार लिम्बुलाई चयन गरेको छ ।

दोहाको अम्वाज होटलमा सम्मन्न वचतकोषको शुभारम्भ कार्यक्रमलाई समाजका अध्यक्ष दुर्गा तामाङ्गले सभापतित्व गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी समाजसेवी तथा बुद्धीजिवी दिल किरण खजुम रहेका थिए ।

उनले समाजमा भएका समस्याहरुको निराकरणका लागी संस्थाको स्थापना भएको प्रष्ट पार्दै समाजको विकास गर्न आर्थिक पक्षले ठुलो भुमिका खेल्ने बताए । उनले बचत कोषलाई सञ्चालन गर्दा ईमान्दार तथा विश्वासको वातावरण बनाउदै कोषको नियमानुसार कडाईका साथ अघाडी बढ्न शुभकामना दिए ।

कार्यक्रमका विशेष अतिथि एनआरएनए एनसीसी कतारका महासचिव विनोद भट्टराईले प्रवासमा थोरैधेरै बचत गर्दै अघाडी बढ्नुपर्ने बताउदै आर्थिक कारोवार गर्दा संबेदनशिल रहेर काम गर्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कतार शाखाका अध्यक्ष गणेशप्रसाद बन्जाडे, मोरङ्गसुनसरी सेवा समाजका अध्यक्ष टिएन बराल, पाल्पाली सेवा समाजका अध्यक्ष लिलम चिडीमगर लगायत विभिन्न संघसंस्थाका प्रतिनिधी साथै कतारमा रहेका धनकुटावासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रमलाई रविन थापा मगरले सन्चालन गरेका थिए भने उपस्थित कलाकारहरुले सांगीतीक प्रस्तुती समेत राखे । कार्यक्रमलाई समापन गर्दै सभापती दुर्गा तामाङ्गले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment