+
+

लयलाई हराउँदै बोगटी कलाकार संघको अध्यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते ०:४७

ramkesar-bogati

२७ मंसिर, काठमाडौं । केही दिनयता चलचित्र क्षेत्रमा इज्जत र प्रतिष्ठाको लडाई बनेको चलचित्र कलाकार संघको निर्वाचन सकिएको छ । काठमाण्डौको नेपाल पुलिस क्लबको हाता भित्र भएको निर्वाचनमा अध्यक्ष पदमा रामकेशर बोगटी निर्वाचित भए । बोगटीले २३८ मत प्राप्त गरे । उनका प्रत्याशी लय संगौलाले १६० मत प्राप्त गरे । अध्यक्ष पदका उम्मेदवार विशाल बिष्टले जम्मा १० मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्ष पदमा भने सानु ताम्राकारले २७७  र रेजिना उप्रेतीले १८१ मत प्राप्त गर्दै विजयी भए । महासचिव पदमा सरिता लामिछानेले २२५ मत प्राप्त गर्दै गर्दा उनका प्रतिस्पर्धी कृष्ण ढुंगानाले १७१ मत प्राप्त गरे ।

सचिव पदमा चेत बहादुर सिंहले १९६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी संजय खतिवडाले १८८ मत ल्याएपनि विजय हासिल गर्न सकेनन् ।

कोषाध्यक्ष पदमा विमला केसीले २०४ मत प्राप्त गर्दै विजय हासिल गरिन् । उनका प्रतिद्वन्द्वी आकाश खवासले १९० मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमा नायिका नन्दिता केसी निर्विरोध विजयी भइन् ।nandita-rejina-and-sarita

सदस्य पदमा भने नायक गजित बिष्टले सर्वाधिक धेरै मत ल्याए । उनले २८७ मत ल्याएका थिए । यो निर्वाचनमा कुनै सदस्यले पाएको सवैभन्दा धेरै मत हो । सदस्य पदमा शिवहरी पौडेल, सविन श्रेष्ठ, देविराम पराजुली, अशिष्मा नकर्मी, शिवहरी नेपाल, कविता गेलाल, रश्मी भट्ट, धन बहादुर बमजन, बिष्णु प्रसाद सापकोटा विजयी भए ।

नयाँ कार्यसमितीले सपथ ग्रहण समेत गरेको छ । निवर्तमान अध्यक्ष नवल खड्काले वर्तमान अध्यक्ष रामकेशर वोगटीलाई पद हस्तान्तरण गरेका छन् । यसपटकको निर्वाचनमा महिला कलाकारको संख्या धेरै देखिएको छ । ७ जना महिला कलाकार यसपटकको समितिमा निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष बोगटीले आफूले प्रतिवद्धता गरेका ७ बुँदा कार्यन्वयन गर्ने बताए । उनले कलाकार संघको आफ्नै भवन बनाउने बचन पूरा गर्ने बताएका छन् ।sarita-ramesh-and-sanu

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?