+
+

तेल खरिदबारे छलफल गर्न फेरि अर्को नेपाली टोली चीनमा

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २७ गते १४:४३

nepal china

२७ मंसिर, काठमाडौं । चीनको छिंघाइ प्रान्तबाट इन्धन खरिद गर्ने सम्भाव्यता अध्ययन गर्न नेपाली टोली चीन पुगेको छ ।

नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीको टोली छिंघाइ पुगेको हो ।

टोलीले व्यापारिक सम्झौताका आधारहरु तयार गर्ने वाणिज्य मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

नेपाली दुतावासमार्फत् चीन सरकारको आमन्त्रणमा नेपाली टोली चीन पुगेको हो । चीनसँग इन्धन खरिद गर्ने विषयमा समझदारी भएपनि व्यपारिक सम्झौता भएको छैन ।

सम्झौताका लागि उच्च सरकारी तहमा छलफल अघि बढाउनुपर्ने भएपनि नेपालले त्यस विषयमा विशेष कुटनीतिक पहल गरेको छैन ।

चीनले नेपाल आयल निगमबाट गएको प्राविधिक टोलीलाई इन्धन खरिदबारे नेपाल सरकारले गरेको निर्णयबारे सोधेको थियो । तर, सरकारी तहबाट चीनबाट इन्धन आयात गर्ने ठोस निर्णय नै भएको छैन ।

यसबीचमा पनि चीनले नेपाललाई तेल दिन छिंघाइ उपयुक्त भएको निश्कर्ष निकालेको छ ।

छिंघाइमा चाइना नेशनल पेट्रोलियम कर्पोशन (पेट्रो चाइना)को रिफाइनरी छ । त्यसैले चीनले नेपाललाई छिंघाइबाट तेल दिन सकिने बताएको छ ।

छिंघाइबाट तेल ल्याउन कति सहज हुन्छ भन्ने बुझ्न मात्र टोली चीन पुगेको आयल निगम स्रोतले जनाएको छ । छिंघाइबाट ग्यास पनि ल्याउन सकिने नेपाली व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?