Comments Add Comment

पेट्रोल पम्पमा रिमोट प्रकरणः सहसचिव एवं नापतौल विभागका पूर्वप्रमुख पक्राउ

Ram-Adhar-Sah

२७ मंसिर, काठमाडौं । पेट्रोल पम्पहरुमा रिमोट चलाएर ठगी गर्ने चिप्स जोड्न मिलोमतो गरेको आरोपमा नेपाल सरकारका सहसचिव एवं गुणस्तर तथा नापतौल विभागका प्रमुख प्रमुख रामआधार साह पक्राउ गरेका छन् ।

उनी वातावरण मन्त्रालयका सहसचिव हुन् । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको छ । साहलाई आइतबार साँझ गौशालाबाट पक्राउ गरिएको महाशाखा प्रमुख एसएसपी सर्वोन्द्र खनालले अनलनइनखबरलाई जानकारी दिए ।

साह चार वर्ष अघि विभागको क्षेत्रीय निर्देशक हुँदा नै पेट्रोल पम्पहरुमा डिजिटल प्रविधि सुरु भएको थियो । साहको मिलेमतोमा रिमोट चलाएर ठगी गर्ने चिप्स जडान सुरु भयो ।  यसका लागि भारतीय समूह संलग्न भएको पाइएको छ ।

भारतीय गिरोहलाई पक्राउ परेका छन् भने हालै मात्र अपराध महाशाखाले राजधानीका १७ पेट्रोल पम्पमा छापा मारेर त्यस्ता चिप्सहरु बरामद गरेको थियो ।

पक्राउ परेकाहरुको बयानकै आधारमा अपराध महाशाखाले आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेको छ । लगतै प्रहरीको टोलीले साहलाई पक्राउ गरेको छ ।

स्रोतका अनुसार साहले पम्पहरुमा ठगी गर्ने चिप्स जडान गरेर मासिक असुली गर्ने गरेका थिए । उनले पहुँच हेरेर १२ देखि २५ हजार रुपैयाँसम्म लिने गरेका थिए ।

पैसा लिएपछि विभागको अनुगमनका क्रममा कारबाहीबाट जोगाउने र नमान्नेलाई अनुगमनका नाममा फसाउने गरेको आरोप छ ।

यो पनि पढ्नुस्

रिमोट चलाएर पेट्रोल पम्पले यसरी ठग्छन् उपभोक्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment